
टोकियो । जापान केवल भौतिक विकासको दुनियाँमा मात्र होईन,संस्कृति र परम्पराको जगेर्ना तथा सम्बर्द्धनमा पनि उत्तिकै अग्रपंत्तिमा रहेको छ । जुन कुरा जापानमा मनाईने विभिन्न सांस्कृतिक मेला तथा चाडपर्वहरु हेर्दा प्रष्ट अनुभव गर्न सकिन्छ । आज तिनै विविध परम्परागत चाड मध्ये एक,जो झट्ट देख्दा अस्लिल जस्तो लाग्छ”खानामारा मेला”(かなまら祭り) का बारेमा जानकारी राख्ने प्रयास गरेका छौँ ।

यो मेला जापानको कावासाकी प्रिफेक्चरमा रहेको खानायामा मन्दिर(金山神社)मा हरेक अप्रिल महिनामा भव्यताको साथ मनाईने गरिन्छ । हरेक वर्ष अप्रिलमा मनाईने भएपनि तारिख भने फरक फरक पर्न सक्छ ।

यस मेलाको मुख्य आकर्षण भनेको पुरुष प्रजनन् अंग (लिंग) हो । उक्त मेलामा,हरेक चिजहरु लिंगसँग कटाक्ष हुने खालका पाईन्छ । जस्तै,त्यहाँ बेचिने- क्यान्डी,आईस्क्रिम,पेय पदार्थ आदि सबै चिजहरुमा कतै न कतै लिंगको आकार,या चित्र अंकित भएका हुन्छन् ।
यो मेलामा स्थानिय मन्दिर (जहाँ उत्तेजित पुरुष यौनांङ्ग लिंग रहेको छ) मुख्यत: महत्वपुर्ण मानिन्छ । त्यहाँ त्यो मेला हुनुको कारणनै त्यहि मन्दिर हो । त्यो मन्दिरको दर्शन गरे,विवाह,सन्तान सुख तथा सुखमय बैवाहिक जिवनको मनोकामना पुरा हुने जनविश्वास रहेको छ । त्यसका अलावा व्यवसायिक सफलता र समृद्दी पनि प्राप्त गर्न सकिने मान्यता रहेको छ । यस मन्दिरमा गएर प्रार्थना गरेमा यौनजन्य रोगहरुको संक्रमण पनि नाश हुने विश्वास रहेको पाईन्छ । जसका कारण यौन व्यवसायी तथा सो पेशा अवलम्बन गर्नेहरुका लागि यो मेला र मन्दिर दुवै महत्वपूर्ण मानिन्छ ।

यो मेला औपचारिक रुपमा सन १९६९ देखि मनाउन थालिएको भनिन्छ । त्यतिखेर परम्परागत आश्थालाई जोगाउने यो मेला अहिले व्यवसाय र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण हतियार बनेको छ । यहि मन्दिरको कारण त्यस क्षेत्रम् वर्षेनि हज्जारौँ स्वदेशी/विदेशी पर्यटकहरु पुग्ने गर्दछ्न् ।
कसरी सुरु भयो त ? यो मेला सुरु हुनुमा केहि किंवदन्तीहरु पाईन्छ । त्यस मध्ये धेरै स्थानियहरुले सुनाउने किंवदन्ती अनुसार-धेरै वर्ष अघि,तिखा दाँत भएको एउटा राक्षस स्थानिय युवतीको योनी भित्र पसेछ,र उ त्यहि युवती र योनिको प्रेममा परि त्यहि वस्न थालेछ । उमेर पुगेपछि त्यी युवतीको बिहे भयो । तर विवाह भएको रात नै उनिसंग विहे गर्ने युवाको मृत्यु भयो । यो क्रममा उनिसंग विवाह गरेका हरेक पुरुषहरुको सोहि रात निधन हुने क्रम निरन्तर चल्दा,कारणको खोजि भयो र कारण पत्ता लाग्यो कि, त्यहि राक्षसले यौन सम्पर्कको बेला लिंग टोकि मारिदिने रहेछ । यो सब थाह भएपछि त्यि युवतीले आफुलाई त्यो राक्षसको प्रभावबाट बचाउन विश्वकर्मा (फलामको काम गर्ने व्यक्ति) लाई आग्रह गरिन र त्यो राक्षसको तिखा दाँतहरु भाँच्नका लागि उनको यौनीमा फलामबाट बनेको उत्तेजित लिंग छिराईयो र उनि त्यो समस्या बाट मुक्त भईन । त्यो घटनापश्चात यो मन्दिर निर्माण भयो र यस किसिमको मेला गर्न थालियो । यो मेलाका सन्दर्भमा अन्य थुप्रै किंवदन्तीहरु पनि चल्तीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




