एजेन्सी । नायक सञ्जय दत्तको क्यान्सर निको भएको छ । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन् । भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् ।
सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ । सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्यान्सरबाट मुक्त पाइएका छन् । पीइटी स्क्यान क्यान्सरको सबैभन्दा प्रमाणित परीक्षण मानिन्छ । यसमा पीडितको क्यान्सर सेलको स्थिती के हुन्छ, त्यसबारे थाहा हुन्छ ।
‘क्यान्सर सेल्समा अन्य सेल्सको तुलनामा मेटाबोलिक रेट धेरै हुन्छ । केमिकल एक्टिभिटीको यो हाई लेभलका कारण क्यान्सर सेल्स पीईटी स्क्यानमा चम्किलो धब्बाको रुपमा देखिन्छ । यसैकारण पीईटी स्क्यानले क्यान्सरको पत्ता लगाउन सहयोग त गर्छ नै साथै यसले शरीरमा क्यान्सर कति फैलिसकेको छ भनेर पनि पत्ता लगाउन सकिन्छ ।’
केहि दिन अघ सञ्जय दत्तले एक भिडियोमा पहिलो पटक आफ्नो रोगबारे कुरा गरेका थिए । सेलिब्रिटी हेयर स्टाइलिस्ट अलिम हाकिमले आफ्नो सोसल मिडिया पेजमा सञ्जय दत्तको भिडियो सेयर गरेका थिए ।
यसमा सञ्जय दत्तले अलिमलाई सबैसामू परिचय दिएका थिए र त्यसपछि आफ्नो निधारमा आएको दागमा भनेका थिए, ‘यदि तपाईंले यो देख्नु भएको छ भने यो मेरो जीवनको हालैको निशान हो, तर यसलाई म छिट्टै हराउनेछु । म क्यान्सरबाट चाँडै नै मुक्त पाउनेछु ।’
सञ्जय दत्तलाई ८ अगस्टमा सास फेर्न समस्या भएपछि लिलावती अस्पताल भर्ना भएको थिए, जहाँ उनका केही परीक्षण भएको थियो । त्यसको ३ दिनपछि ११ अगस्टमा उनी फोक्सोको क्यान्सरसँग जुधिरहेको भन्ने खबर सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




