{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1603163185337","source":"other","origin":"gallery"}

टोकियो/जापान । जापानमा रहेका नेपाली समुदायमा यतिखेर कोभिड-१९ को त्रास बढ्दै गएको छ । पछिल्लो १२ दिन यतामात्रैको संक्रमित नेपालीहरुको संख्या र उनिहरुको सामाजिक भेटघाट तथा विभिन्न सभा समारोहहरुमा देखिएको उपस्थितीलाई मध्ये नजर गर्ने हो भने जापानका नेपाली समुदाय यतिखेर कोरोना संक्रमणको विषम अवस्थामा छ ।

जापानमा दैनिक १ हजार भन्दा बढी संक्रमित पुष्टि हुँदा नेपाली समुदाय सुरक्षित छन् भन्दै निर्धक्क भएका हामी अहिले जापानभरको संक्रमणदर सुस्ताउँदै गर्दा,झन अझ बढी निर्धक्क हुनसक्नुपर्नेमा परिस्थिति विपरित भईदिएको छ । किनकी, यस अघि फाट्टफूट्ट २/३ जनासम्मको संक्रमण देखिएता पनि नेपालीहरुमा यस पटक जस्तो समुहगत संक्रमण देखिएको थिएन । यस पटक पनि केहि व्यक्तिहरुले मात्रै आफु संक्रमित भएको सार्वजनिक गरेका हुन् । ति संक्रमित पुष्टि भएका केहि व्यक्तिहरुसंगै नाचगान/खानपिन / सभा समारोह गर्ने अधिकांस व्यक्तिहरु संक्रमित भएका छन् । ति मध्ये अहिले कतिपयले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् त कतिपय घरकै आईसोलेसनबाट बाहिर निस्किएका छन् । भने कतिपय अहिले पनि आईसोलेसनमै छन् । यो पुगनपुग २ सातामा जापानभित्रै रहेका ( एयरपोर्ट परिक्षणमा देखिएका संक्रमित बाहेक) २ दर्जनभन्दा बढी नेपालीहरु संक्रमित पुष्टि भएका छन् । यद्यपी उनिहरु मध्ये २/४ जनाको मात्रै अवस्था सार्वजनिक भयो । यसरी संक्रमीत भएर पनि बाहिर जानकारीमा नआएकाहरु पनि सबै सामाजिक भेटघाट र रंग रमाईलोमा देखिँदै आएका अनुहारहरुनै हुन् ।

हुन त, अब कोभिड-१९ संक्रमण हुनु कुनै नौलो र दुर्लभ कुरा होईन, तर सुरुवातका केहि महिना अलि बढी नै सजक देखिएको नेपाली समाज, – व्यवसाय र विभिन्न सामाजिक संघ- संस्थाहरुको पदका लागि लालची बनिदिदा संक्रमण फैलिएको यथार्थ आँखै अगाडी देखिँदा भने, अलि असह महशुस हुने रहेछ । हो, अहिले पनि टोकियोमा दैनिक औषत २ सय जनाको दरमा र जापानभर ५०० सय जना जति संक्रमण देखिँदै आएको छ, जसको अर्थ सार्वजनिक सवारी प्रयोग गर्ने तथा नियमित काम/काजमा निस्किने व्यक्तिहरु जुनसुकै बेला पनि संक्रमित हुनसक्दछन्, यो यथार्थ हो । तर वाध्यताले सार्वजनिक स्थलमा पुग्दाखेरि हुने संक्रमण र हेलचेक्राईले गर्दा हुने संक्रमण नितान्त फरक कुरा हो ।तितो सत्य, पछिल्ला दिन नेपाली समुदायमा देखिएको संक्रमण वाध्यताको भन्दा हेलचेक्राईको उपज हो ।

हुनत, जानाजान संक्रमित बन्ने रहर कसैलाई हुँदैन तर पनि हामीमा रहेको ओभर कन्फिडेन्ट र परिस्थिति विश्लेषण नगरि परेको भोगिन्छ भन्ने मानसिकताको हावी छ । यो जापानमा रहेका नेपालीहरुको मात्रै समस्या नभई समस्थ नेपालीहरुको जीनमै रहेको आनुवंशिक गुण हो । जसको कारण यस्ता संक्रमण जन्य रोगहरु पनि नलागुन् जेल सामान्य नै मान्छौँ र जापानमा पनि त्यहि प्रवृत्ति देखियो र नेपाली समुदायमा समुहगत संक्रमण पुष्टि भयो ।

मैले,यसो भनिरँदा, जापान सरकारले गो टु ट्राभल, गो टु ईट जस्ता क्यान्पेनहरु संचालन गरिरहेको छ भने हामीले एक ठाउँबाट अर्को ठाउमा गाई भेटघाट, सभा समारोह गर्नुमा के गलत भयो र त्यहि पनि हामीले पनि उच्च सतर्कता अप्नाएका थियौँ, भन्ने तर्कहरु आउन सक्दछन् । त्यो सहि पनि हो, कि सरकारले अब कोरोनासंग भागेर, लुकेर सम्भव छैन, यसलाई हाउगुजी नबनाई यससंगै सुरक्षा र सतर्कता अप्नाउँदै अगाडी बढ्नुको विकल्प छैन भनेर यस्ता क्यान्पेनहरु संचालन गरि अर्थतन्त्र चलायमान बनाउने प्रयास गरिरहेको छ । फेरि कसैले भन्न सक्छन् कि ‘त्यसो भए हामीले त्यहि गरेका हौँ, जो जापान सरकारले चाहेको थियो ।’हो,हामीले त्यहि सामान्य काम गर्यौँ, सतर्कता पनि अप्नायौँ तैपनि संक्रमण फैलियो । किनभने हामीले कार्यक्रम तथा भेटघाट गर्दा,कार्यक्रम हलभित्र पस्दा ज्वरो नाप्यौँ, सेनिटाईज्ड गर्यौँ तर खान/पान नाचगान गर्दा,संगै नाँच्यौँ, संगै जुठो खायौँ,अंकमाल गरौँ,हात मिलायौँ र सयौँ जना भेला भएको ठाउँमा मास्क गोजीमा हालेर एक टेबलबाट अर्को टेबल गर्दै बियरका ग्लासहरु ठोक्यायौँ । र सबैभन्दा ठूलो भूल आफुले चिनेको मान्छेमा त संक्रमण हुनै सक्दैन भन्ने ठानिदिँयौ । र त्यहि चिनेका १/२ जनाबाट धेरैमा संक्रमण फैलियो ।

जे नहुनु भईसक्यो, अझै केहि बिग्रिएको छैन, संक्रमितहरु निको भई घर फर्किने क्रम जारी छ। यो सुखद कुरा हो । तर यो घटनलाई पनि सामान्य मानेर फेरि विविध संघसंस्थाको साधारण सभा, अधिवेशन, विहे/जन्मदिन उत्सवहरु मनाउने क्रम घटेनन् भने अझै भयवह हुनसक्दछ । अव यो घटनालाई मनन् गरी आफ्नो व्यवहार र कार्यशैली सुधार्ने कि ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार