टोकियो । जापान सँधै केहि न केहि कुरामा विश्वको नजरमा परिरहने मुलुक हो । यहाँको विकास, यहाँको प्रविधि, यहाँका मानिसहरु, यहाँको काम गर्ने तरिका यहाँको सुरक्षा सुरक्षा व्यवस्था आदि । यो सँगै जापानको ट्वाईलेट पनि विश्वको आँखामा पर्ने चिज मध्ये एक हो भन्दा अचम्म लाग्न सक्ला । अझ रमाईलो कुरा जापानको ट्वाईलेट्सको बारेमा त पुस्तक पनि लेखिएको छ त । जापानका ट्वाईलेटहरुको बारेमा किताब लेख्ने व्यक्ति चाहीँ मारीतोमो भन्ने एक जना महिला हुन् । र उनको कितावको नाम चाहीँ निप्पोन नो तोईरे (日本 の トイレ) हो । आउनुस् थाह पाऔँ किन विषेश छ त ?
१.सुनको ट्वाईलेट
टोकियोको रोबोट रेस्टुरेन्टमा सुनको ट्वाईल्ट छ । त्यो पनि १८ क्यारेट सुनको । जहाँ रोबोटहरुले सर्भिस प्रदान गर्दछन् । त्यसो त त्यहाँको सावर पनि सुन बाट नै बनाईएको छ ।

२.बगैँचा सहितको ट्वाईलेट जापानको बगैँचा अन्य मुलुकको भन्दा विशेष र कलात्मक मानिन्छ । त्यस्तो कलात्मक बगैँचा सहितको ट्वाईलेट भएपछि चर्चा नहुने त कुरै भएन । यो ट्वाईलेट चाहीँ जापानको फुकुई प्रिफेक्चरमा रहेको सिफुड रेस्टुरेन्ट रेस्टो उजो मा रहेको छ ।
३.प्राकृतिक ट्वाईलेट सायद, तपाईले पनि प्राकृतिक ट्वाईलेट यानेकि खुल्ला ठाउँमा मल/मुत्र विसर्जन गर्नु भएको अनुभव पक्कै लिनुभएको होला । कतिपयलाई यस किसिमको ट्वाईलेटको छुट्टै शौख पनि हुने गर्दछ । यस्तै शोख भएका तर खुल्ला ट्वाईलेट प्रयोग गर्न नसकेका हरुका लागि केन्द्रित गरि बनाईएको हो यो प्राकृतिक ट्वाईलेट । यो चाहीँ जापानको चिवा प्रिफेक्चरको ईतावु स्टेसनमा रहेको छ ।
४.ट्वाईलेट पेपरको भित्ता भएको ट्वाईलेट यो चाहीँ यस्तै बनाउने सोचले भन्दा पनि संयोगले बनेको ट्वाईलेट हो । यो क्योटोको मोमोजिरो रेस्टुरेन्टको कुरा हो । त्यहाँ निर्माणको क्रममा सप्लायरको भूलवस आवाश्वय भन्दा ८० वटा बढि ट्वाईलेट पेपर डिस्पेन्सर अापुर्ति भएछ । र त्यसका मालिकले त्यसलाई फिर्ता गर्नुको सट्टा सबैलाई ट्वाईलेटको भित्ता भरी राखिदिए छन् ।
५.ऐतिहासिक ट्वाईलेट
यो पनि क्योटोकै प्रसंग हो । क्योटोमा रहेको तोफुकुजी मन्दिरमा एक यस्तो एेतिहासिक ट्वाईलेट छ , जहाँ एकै पटक १ सय जना मानिसहरुले दिसा/ पिसाव गर्न सक्छन । यो झण्डै ९ सय वर्ष पुरानो हो भनिन्छ । तर हाल यो ट्वाईलेट प्रयोगमा छैन । केवल यस्लाई हेर्न मात्र सकिन्छ ।
६. टोयोटा ट्वाईलेट
सायद, गाडीका पारखीहरुलाई त थाह नै छ टोयोटा ब्रान्डको जापानी गाडी। विश्वभर प्रसिद्द छ । तर जापानको आईचि प्रिफ्कचरमा रहेको ईपुदो रामेन रेस्टुरेन्टमा टोयाटा ट्वाईलेट प्रयोग गर्न सकिन्छ । त्यस ट्वाईलेटमा टोयोटा मोटरका ईन्जिनहरुले सजाईएको छ । स्मरण होस् आईची प्रिफ्कचर टोयोटा मोटरको मूख्य उत्पादन क्षेत्र हो ।
प्रस्तुती : राजन गौतम्
(नोट : यहाँ वोलिचालीमा हिजोआझ अधिकाँसले ट्वाईलेट शब्दलाई नै बुझ्ने भएकाले अँग्रेजी नाम नै नेपालीमा लेखिएको हो । यसको ठेट नेपाली भने ‘चर्पी’हो र औपचारिक नेपाली भाषामा ‘शौचालय’ लेखिन्छ ।)
स्रोत : निप्पोन नो तोईरे नामक पुस्तक



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




