टोकियो/जापान । जापानलाई कर्मथलो बनाएका लोकप्रिय कलाकारहरुले परदेशी भूमीमा पहिलो पटक देउसी भैलो गित लिएर आएका छन् ।
एआर कृयसन जापानको प्रस्तुतीमा जापानबाट गीतसंगितमा निरन्तर साधनारत ७ जना गायक गायिकाहरुको संयुक्त आवाजमा ‘परदेशी देउसी भैलो’ नामक तिहार विशेष गीत आईतबार सार्वजनिक गरिएको हो । देउसी भैलोमा, अर्जुन सुबेदीको शब्दमा, लोकप्रिय गायक सूर्य खड्को लय तथा स्वरसंगै अन्य कलाकारहरु – अमित सापकोटा,सोना केसी,खेमराज पौडेल,समुन्द्रराज पौडेल,शिबा केसी, र चेतन घर्तीको आवज सुन्न सकिन्छ ।
देउसी भैलोको भिडियो निर्देशन अमित सापकोटाले गरेका छन् भने,गोबिन्द बिस्टले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । पहिलो पटक परदेशबाट सार्वजनिक भएको देउसी भैलोको सम्पूर्ण काम जापानमा नै सम्पादन गरिएको हो ।
दशैँको उत्तरार्द्धमा सार्वजनिक भएको’परदेशी देउसी भैलो’को पूर्ण सफलताको शुभकामना । हेर्नुहोस् भिडियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार