
टोकियो/जापान । जापानको प्रतिष्ठित कम्पनी फुजिरेबायो ईङ्कले दोस्रो पटक १० हजार थान कोरोना परिक्षण एन्टीजेन्ट किट नेपाल सरकारलाई निशुल्क उपलब्ध गराएको छ । कम्पनीले यस अघि पनि ७ हजार थान एन्टिजेन्ट किट नेपाल सरकारलाई पठाएको थियो ।

गैरआवासीय नेपाली संघ आईसीसीका मानार्थ परिषद सदस्य कपिलदेव थापाले जापानको प्रतिष्ठित कम्पनी फुजिरेबायो ईङ्कसंग पहलमा संस्थाका अध्यक्ष गोकी इसिखावा र नेपालका तर्फबाट स्वयम थापाले हस्ताक्षर गरी ५० हजार थान किट्स नेपालका लागि सहयोग गर्ने पहल गर्नुभएको हो । सोही सम्झौता बमोजिम दोस्रो लटमा १० हजार थान किट पठाईएको हो ।

उक्त किट औपचारिकरुपमा भने यहि कात्तिक २१ गतेका दिन १० हजार पिस एन्टिजेन्ट टेस्ट किट गैरआवासीय नेपाली संघ ( NRNA ) ले नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालय परिसरमा हस्तान्तरण गरिने कार्यक्रम तय भएको थापाले जानकारी गराउनु भयो
यो किट उत्पादक फुजिरेबायो ईङ्क जापानको एक प्रतिष्ठित कम्पनी हो ,जसले ५० वर्षदेखि आफ्नो सेवा दिँदै आएको छ । HUGroup Holding कम्पनी अन्तर्गत टोकियोको स्टक एक्सचेन्जमा १५४४ नम्बरमा दर्ता रहेको यो कम्पनीमा उच्च प्रविधिका मेशिन र दक्ष प्राविधिकहरु रहेका छन् । एशिया , युरोप र अमेरिकामा गरी १२ सय कर्मचारी रहेको सो कम्पनी संसारभरका क्लिनिकल समुदायमा प्रतिष्ठित मानिने गरिन्छ ।

कम्पनीका अनुसार उक्त किट्सले कोरोना लागेको वा नलागेको कुरा करिब २० देखि ३० मिनेटमा नै जानकारी गराउँदछ । कोरोना लागे नलागेको यति छिट्टै थाहा पाइने , पीसीआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने , यसलाई देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने र चेकपोष्ट , भन्सार , एयरपोर्ट लगायतका कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने कुरा थापाले बताउनुभयो ।
५० हजार पिस पुरै नेपाल आएमा करिब २१ करोड रुपैयाँ बराबरको सहयोग जापानका तर्फबाट नेपालमा पुग्नेछ । पहिलो चरणमा ३ करोड र दोस्रो चरणमा १ करोड २० लाख रुपैयाँ बराबरको किट्स नेपालमा आईसकेको छ । जापानमा रहेर पनि नेपालमा धेरै सहयोग जुटाउदै आउनु भएका सामाजिक अभियन्ता थापाले विगतदेखि नै नेपालका विभिन्न ठाउँका गाउँहरुमा विद्यालय निर्माण , विद्यालयहरूमा शौचालय निर्माण , खानेपानी , स्वीलचियर , एम्बुलेन्स लगायतका सामाजिक कामहरू गदै आउनु भएको । उहाँले भूकम्प पीडितलाई पनि जापानबाट ठूलो सहयोग जुटाउनुभएको थियो । हाल देशलाई कोरोनाले ग्रस्त पारेको बेला पनि थापाले एनआरएनए कृषि प्रबर्धन समितिको उपाध्यक्ष रहेर नेपालमा लकडाउनको बेलामा पनि एनआरएनएहरुको संस्था ‘मुना कृषि ‘ बाट घरघर र चोक चोकहरूमा सामाजिक दूरी कायम राख्दै स्वस्थ तरकारी तथा फलफूलहरू सहज तरिकाले उपलब्ध गराउने काममा लाग्नुभएको थियो ।

यस सहयोगलाई जापानको नारिता एयरपोर्टबाट निःशुल्क काठमाडौंसम्म ल्याउनका लागि नेपाल एयरलाइन्सले सहयोग गरेको थियो । यस कार्यमा एयरलाइन्सका बाणिज्य विभागका निर्देशक टंक दाहालले विशेष सहयोग गर्नुभएको थियो । साथै थापालाई यस क्रममा नेपालमा परिआउने विभिन्न प्रकारका कार्यहरुमा – BBTM Foundation नामक सामाजिक संस्थाका अध्यक्ष नवराज तामाङ ,एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएन जापान लगायत सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




