काठमाडौं, २३ साउन । यसवर्षको पहिलो चन्द्रग्रहण चन्द्रग्रहण आज लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न नहुने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तर, बालक, जेष्ठ नागरिक र बिरामीलाई भने भोजन बर्जित हुनेछैन ।
यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ ।
चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन । चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ । त्यसैले आज परेको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीकै दिन मनाइसकिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार