{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1606441837062","source":"other","origin":"unknown","sources":["299442354095211","343431279037211","343684422001211","340777179058211","276135311001201"]}

टोकियो/जापान । एनआरएनए जापानमा आर्थिक अनिमियतता गरिएको / भएको कुनै घटना तपाईलाई थाह छ ? या एनआरएनए जापानमा अनियमितता हुने गरेको छ भनेर आवाज उठाउने कोहि व्यक्ति चिनजानमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईसंग भएको सुचना दिएर एनआएनए जापानलाई शुद्दिकरण गराउन मद्दत गराउन सक्नुहुनेछ ।

एनआरएनए जापानको आर्थिक अनियमितता बारे उच्चस्तरीय छानबिन समितिले सुझाव संकलन सुरु गरेको छ ।एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा उच्चस्तरीय छानविन समितिले एनआरएनए जापानको बर्तमान कार्यसमिती लगायत पुर्व कार्यसमितीहरू र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गरेको छ ।

समितिले एनआरएनए जापानले सन्‌ २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा,सन्‌ २०१८ मा सम्पन्न नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरेको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा आफुसंग कुनै पनि प्रकारको प्रमाणहरु भए पेश गरि छानबिन सहयोग गरिदिन जापानवासी सबै नेपाली समुदायमा अनुरोध गरेको हो । समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म तोकिएको छ ।

केहि समय अगाडि वर्तमान प्रवक्ता सिद्धार्थ श्रेष्ठले एनआरएनए जापानमा अघिल्ला कार्यसमितिले गरेको आर्थिक अनिमियतताबारे छानबिनको माग राख्नुभएको थियो । त्यसपश्चात नेपालन्युजपोस्टले सम्बन्धित सरोकारवाला सबैसंगको अभिमत सहित समाचार पनि प्रस्तुत गरेको थियो । हेर्नुहोस्

एनआरएनए जापानको आर्थिक अनियमितताको वास्तविकता
छानबिन समितिको अनुरोध जस्ताको तस्तै

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार