{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1606696246371","source":"other"}

टोकियो/जापान । डिसेम्बर ५ तारिख शनिबार जापानमा एकैदिन २,५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार टोकियोमा ५८४ जना,ओसाकामा ३९९ जना,होक्काईदोमा १८३ जना,खानागावा केनमा १९२ जना,आईची केनमा २१९ जना,चिबा केनमा ७४ जना,
साईतामा केनमा १६८ जना,ह्योगो केनमा १५१ जना,ओकिनवा केनमा ४१ जना,सिजुओका केनमा ३४ जना,हिरोशिमा केनमा ३५ जना,ईबाराकी केनमा ३१ जनाको उच्च संक्रमण सहित ४७ मध्ये ४४ वटा प्रान्तहरुमा संक्रमित पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख ६१ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ लाख ३१ हजार ९ सय ९५ जनाले स्वास्थ्य लाभ गरेका छन् भने २३ सय ४० जनाको मृत्यु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार