एजेन्सी । सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ ।
‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनको फ्ल्याटबाट मानव शरीरको अंग बरामद गरिएको थियो । सोधपुछमा ३० वर्षका टाकाहिरोले आफूले हत्या गरेको र पीडितको अंग क्षत–विक्षत गरिएको स्विकार गरे । यीमध्ये धेरैजसो महिला थिए जसलाई उनले सोसल मिडिया प्लेटफर्मममा भेटेका थिए ।
सिरियल किलिङको यो घटना सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा ‘आत्महत्या’ बारे कसरी कुरा गर्ने भनेर बहस चर्किएको थियो । स्थानीय मिडियाका अनुसार मंगलबार चार सय बढी मानिसहरुले यो निर्णय सुने जबकि १६ जना मानिसहरुलाई मात्र बस्ने सुविधा थियो ।
जापानमा मृत्युदण्डको विषयमा मानिसहरुले भारी समर्थन पाएको छ र जापान विकसित देशमध्ये त्यस्तो एक देश हो जहाँ मृत्यु दण्डको सजाय कायम राखिएको छ ।
कसरी गर्दथे पीडितको खोजी ?
टाकाहिरो ट्वीटरमार्फत् यस्ता महिलालाई आफ्नो घर बोलाउँथे जो आफ्नो जीवन समाप्त गर्न चाहन्थे । उनी महिलालाई मृत्युवरण गर्न सहयोग गर्ने बताउँथे र कतिलाई त उनले उनीहरुसँगै आफ्नो पनि जीवन अन्त्य गर्ने बताउने गर्दथे ।
जापानको समाचार एजेन्सी क्योडोले दिएको जानकारी अनुसार उनले अगस्ट २०१७ देखि अक्टोबर २०१७ का बीच १५ देखि २६ वर्ष बीचका ८ महिला र एक पुरुषको घाँटी थिची हत्या गरेको र उनीहरुको अंग क्षत–विक्षत गरेका थिए ।
सिरियल किलिङको यो मामिला पहिलो पटक हेलोविनमा सार्वजनिक भएको थियो जब टोकियो नजिकै जामामा टाकाहिरोको फ्ल्याटबाट शरीरका अंग बरामद भएका थिए । अनुसन्धानकर्ताका अनुसार उनको फ्ल्याटबाट थुप्रै हात र खुट्टाका हड्डीका साथै ९ वटा टाउको भेटिएको थियो र जापानी मिडियाले उनको घरलाई ‘हाउस अफ हरर’ बताएका थिए ।
सुनुवाईको क्रममा के भयो ?
अभियोजन पक्षले टाकाहिरोका लागि मृत्युदण्डको सजाय माग गरेका थिए र उनले पनि हत्या गरेको र अंगलाई क्षत–विक्षत गरेको कुरा स्विकार गरेका थिए । टाकाहिरोका वकिलका अनुसार उनी साधारण धाराका दोषी हुन् किनभने यो ‘सहमतिमा गरिएको हत्या’ को मामिला थियो किनभने पीडितले हत्याको अनुमति दिएका थिए ।
पछि टाकाहिरोको आफ्नो वकिलको तर्कसँग मतभेद भयो र उनले पीडितको सहमति नलिइकनै हत्या गरेको बताएका थिए । मंगलबार जुन न्यायाधिसले निर्णय सुनाएका थिए उनले भने, ‘कुनै पनि पीडित हत्याका लागि सहमत थिएनन् ।’
जापानी मिडिया एनएचकेका अनुसार गत महिना २५ वर्षकी एक पीडितका पिताले अदालतसमक्ष भनेका थिए, ‘टाकाहिरो मरेपनि म उनलाई माफी दिनेछैन ।’ उनले भनेका थिए, ‘अहिले पनि आफ्नी छोरीका उमेरका कुनै युवतीलाई देख्दा मलाई ती मेरै छोरीजस्तै लाग्छ । मेरो यो पीडा कहिले पनि जाने छैन । मलाई मेरी छोरी फिर्ता देउ ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




