{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1608297773910","source":"other","origin":"unknown","sources":["331537211041201","276135311001201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान मार्फत आईएचएनओ(IHNO)मा छात्रवृत्तिको लागि आवेदन दिएका सम्पुर्ण विद्यार्थीहरुका लागि अनलाईन(zoom)बाट सेमिनारको आयोजना गरिने भएको छ ।
एनआरएनए जापानले उक्त सेमिनारमा सहभागी हुनका लागि ,आवेदन दिएका सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो अनुकुल मिति र समयबारे जानकारी गराउन सुचना जारी गरेको छ । सुचनामा जनाईए अनुसार उक्त सेमिनार यहि डिसेम्वर २१ तारिख दिउँसो ३ बजेबाट १ घण्टा र डिसेम्वर २२ तारिख साँझ ५ बजेबाट १ घण्टासम्म आयोजना गरिनेछ । एनआरएनए जापानका प्रवक्ता सिदार्थ श्रेष्ठले बताउनुभए अनुसार, विद्यार्थीहरुले २१ र २२ तारिख मध्ये आफुलाई अनुकुल हुने समय यहि डिसेम्वर २० तारिख बिहान १० बजेसम्ममा जानकारी गराई सक्नुपर्ने छ ।

सुचनामा उल्लेख भएअनुसार जनवरी ५ तारिखसम्ममा,छनौट भएका विद्यार्थीहरुको नाम सार्वजनिक गरिने छ भने, छनौट भएका विद्यार्थी
हरुलाई आवाश्यकता अनुसार अन्तरवार्ता लिन सकिनेछ । सम्पर्क नम्बर ० ९०-१४७५-३६८९ कमल बास्तोला banstola@ihno.net

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार