{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1609245198107","source":"other","origin":"unknown"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनए आइसीसीको यही आउदो जनवरी २३ र २४ मा (अनलाईनको माध्यमबाट) हुने विशेष महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागिताको लागि सन २०१९ को ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन २०२१ जनवरी १ तारिख (स्थानीय समय २३:५९ बजे) सम्म फाराम भरि सकेको हुनुपर्ने भन्दै एनआरएनए जापानले जापानका सम्बन्धि सरोकारवालाहरु समक्ष एक सुचना जारी गरिएको छ ।

एनआरएनए आइसीसीको परिपत्र अनुसार जारी सूचनामा ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुको नाम लिस्टमा रहेका सम्पूर्ण पंजीकृत सदस्यहरुलाई तोकिएको समय भित्र फारम भरि पठाउनका लागि एनआरएनए जापानले अनुरोध गरेको छ ।

भर्नुपर्ने फारम र महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजका लागि तलको लिंकमा जानुहोला ।

महाधिवेशनमा सहभागीताका लागि भर्नुपर्ने फारम

अधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु

महाधिवेशनको लागि दर्ता गराएका प्रतिनिधिहरुलाई मात्र आइसीसीले सहभागिताको निम्ति Link, meeting ID तथा passcode उपलब्ध गराउने बताएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार