लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमणको दरमा नयाँ रेकर्ड कायम भएको छ । विगत आठ दिनदेखि पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याङकअनुसार २४ घन्टाभित्र ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या अघिल्लो दिनको तुलानामा १६ हजार भन्दा बढी हो भने बेलायतमा कोरोनाको महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि महामारीपछिकै उच्च पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ८३३ पुगेको छ । बेलायतका अस्पतालमा ३१ हजारभन्दा बढीको उपचार भइरहेका छन् जसमध्ये झन्डै तीन हजार जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा कोरोनाको महामारी बढेसंगै कोरोना विरुद्धको अर्को खोप मोडेर्नालाई पनि बेलायतले आममानिसको प्रयोगको लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता पाएसँगै बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् । मोडर्नाको खोप पनि फाइजर९ बायोएनटेक जत्तिकै प्रभावकारी भएको बताइएको छ। परीक्षणका क्रममा यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो ।
बेलायतले मोर्डना खोपको १ करोड ७० लाख डोज अर्डर गरेको भएपनि प्रयोगका लागि उपलब्ध हुन कम्तीमा मार्च महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन् । यसअघि फाइजर–बायोनटेक र अक्सफोर्ड९एक्सट्राजेनेका खोपलाई बेलायतले मान्यता दिएर वितरण पनि शुरु गरिसकेको छ ।
कोरोना संक्रमण दर बढेसँगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि तीव्रता दिइएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




