एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् ।
यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी दिए ।
उनीहरुका अनुसार होनहार विदेशी र उनका परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्नेछन् । दुबईका शासक शेख मोहम्मद बिन रशीद अल कमतूम जुन कडा शर्तसहित विदेशीलाई यूएईको नागरिकता दिने कुरा गरिरहेका छन्, त्यसमा कम आयस्रोत भएका मानिसहरु सायदै अटाउन सक्लान् ।
शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार यसको उद्देश्य ती मानिसहरुलाई आकर्षित गर्नु हो जसले ‘हाम्रो विकास यात्रामा योगदान’ दिन सकून् । यसका लागि भिन्न कुनै आवेदन प्रक्रिया हुने छैन । यूएईका शाही व्यक्ति र अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामांकन गर्नेछन् । यसका लागि यूएईको त्यसलाई मञ्जुरी दिने नदिने भनेर मन्त्रीमण्डलले निश्चित गर्नेछ ।
यो पहल यस्तो समयमा गरिएको हो जब कोरोना महामारी र तेलको कम मूल्यका कारण हज्जारौं विदेशले यूएई छोडेर गइसकेका छन् । अबुधाबीबाट निस्कन पत्रिका ‘द नेशनल’ का अनुसार यो नयाँ व्यवस्थाले विशेष क्षेत्रका विशेषज्ञ र विदेशी लगानीकर्तालाई यूएईमा आफ्नो जरा गाड्ने मौका पाउनेछन् ।
कम आयस्रोत भएकालाई नजरअन्दाजः
बीबीसीका अरब अफेयर्स एडिटर सेबस्टियन अशरका अनुसार आर्थिक र पर्यटन केन्द्रको हिसाबले संयुक्त अरब इमिरेट्स विदेशीमा निर्भर छ । त्यहाँ बस्ने बहुसंख्यक जनसंख्या विदेशीका नै छ जो वर्कफोर्समा ९० प्रतिशभन्दा बढी छन् । विदेशी कामदारलाई धेरैजसो रिन्यूबल भिसा दिइन्छ जुन थुप्रै वर्षसम्म मान्य रहन्छ र रोजगारसँग जोडिएको हुन्छ ।
कम आयस्रोत भएका श्रमिकले संयुक्त अरब इमिरेट्सको अर्थव्यवस्था बनाउन महत्वपूर्ण भूमिका निभाएका छन् । यी ती मानिसहरु नै हुन् जसले निर्माण, सेवा सत्कार, रिटेल र ट्राभल सेक्टरमा काम गर्छन र त्यहाँबाट कमाएको धनलाई आफ्नो घरमा पठाएर आफन्तको मद्दत गर्छन् ।
यीमध्ये धेरैजना थुप्रै वर्षदेखि संयुक्त अरब इमिरेट्समा बसिरहेका छन् तर उनीहरुले नागरिकता हासिल गर्न सकेका छन् जसका कारण उनीहरुले सामाजिक सुरक्षा सम्बन्धित फाइदा पाउँदैनन् । संयुक्त अरब इमिरेट्समा कम आयस्रोत भएकाहरुलाई सधैं नजरअन्दाज गरिन्छ भने लगानीकर्ता, विद्यार्थीका लागि लामो समयसम्म रहनका लागि प्रस्ताव दिइने गर्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




