{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1612320469219","source":"other","origin":"unknown"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यहि फेब्रुअरी ६ तारिख शनिबार ‘NRNA Reflection -2021’ नामक अनलाईन मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा, एनआरएनए का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्त सम्मले चुडकिला , मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन् l उक्त कार्यक्रम सबै सहभागीहरुले आ- आफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले भर्च्युअल्लीउपस्थिति जनाउने छन् । एसिया , मिडल इस्ट , अफ्रीका , युरोप , अस्ट्रेलिया तथा अमेरिका क्षेत्र बाट सबै जना पुराना तथा नयाँ एनआरएनहरु सहभागी हुने जनाइएको छ l

कार्यक्रमका संयोजक तथा परिकल्पनाकार एनआरएन जापानका पूर्व अध्यक्ष एवं एसिया प्यासिफिकका उप संयोजक पारस मणि पोखरेलका अनुसार यो कार्यक्रम, कोभिड १९ को बिचमा यो भर्चुअल रुपमै भएपनि मनोरंजनात्मक प्रस्तुतीहरुले रि- फ्रेश गराउनुका साथै गैर आवासीय नेपालीहरूलाई अझ आत्मीय बढाउँदै एकताबद्ध बनाउने प्रयास हो ।

‘NRNA Reflection 2021’मा नेपालका राष्ट्रिय कलाकारहरु आनन्द कार्की , दिपा श्री निरौला , जितु नेपाल , सुगम पोखरेल , सन्दिप क्षेत्री, संजय श्रेष्ठ एवं  सिर्जना खत्रीको सहभागीता रहने छ ।

कार्यक्रमको विभिन्न सामाजिक संजालहरुमा प्रत्यक्ष प्रसारण गरिने छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार