काठमाडौं । गहुँको मौसममा नहरमा पानी नदिँदा किसानलाई हिउँदे बाली लगाउन समस्या भएको छ । सप्तरीको चन्द्र र कोसी पश्चिमी नहरमा पानी नछोड्दा किसानलाई बालीमा लगाउन समस्या भएको हो ।
खेतमा लगाएको गहुँबाली पानी अभावले डढ्दै गएको छ । यस वर्ष हिउँदे वर्षा नभएकाले गहुँ खेतीमा पानी लगाउन नपाएर किसान पीडित भएका छन् । नेपाल र भारत दुवैतर्फको किसानलाई सिँचाइमा सुविधा पु(याउने उद्देश्यले कोसी ब्यारेजबाट पूर्वी र पश्चिमी कोसी गरी दुईवटा नहर छन् ।
भारततर्फ जाने पूर्वी नहरमा पानी छोडिएको छ र नेपालतर्फ रहेको पश्चिमी नहरमा पानी नछोडिएको कारण सप्तरीका किसानलाई मार्का परेको हो । ब्यारेजदेखि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६, कटैयासम्मको ३२ किलोमिटर नेपाली भूमि हुँदै यो नहर भारत छिरेको छ । नेपालतर्फको ३२ किलोमिटरको यो भूमिमा सयौँ किसानले हजारौँ बिघा जग्गामा अन्नबाली लगाउने गर्छन् ।
योसँग जोडिएका १२ वटा छोटी नहर पनि छन् । छोटी नहरमार्फत केही टाढाका किसान पनि सिँचाइबाट लाभान्वित हुने गर्छन् । पूर्वी नहरमा हालिएको पानीबाट नेपालीलाई कुनै फाइदा छैन । यो नहर झन्डै एक किलोमिटर नेपाली भूमिमा छ भने बाँकी सबै भारतीय भूमिमा छ । नेपालको एक किलोमिटर क्षेत्रमा खेतीयोग्य जमिन नै छैन । यो नहरको पानीले भारतीय किसानले मात्रै सिँचाइ गर्ने गर्छन् ।
भारतले कोसी पश्चिमी नहरमा पानी नछाड्दा सिँचाइ गर्न समस्या भएको डाक्नेश्वरी नगरपालिका– ४ का किसान चन्दन साहले बताउनुभयो । प्रत्येक वर्ष यही नहरबाट गहुँ बालीमा पानी हाल्दै आएको तर यस वर्ष पानी नदिँदा समस्या भएको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




