जापान । कोरोना भाईरस संक्रमण नियन्त्रणमा टेवा पुर्याउने उदेश्यले एक जापानी कम्पनीले अब स्कृनमा नछोईकन पनि टच गर्न मिल्ने ‘फ्लोएटिङ् ईमेज’प्रविधिको आविस्कार गरेको छ ।

जापान खासगरी, अधिकांस स्थानहरु, एटिएम बुथ, विभिन्न भेन्डिङ मेसिन,इलेभेटर( लिफ्ट), रेस्टुरेन्टहरुका अर्डर मेसिन एवं ट्रेन स्टेसनका टिकट भेन्डिङ् मेसिन लगायतका सेवाहरु उपयोग गर्न त्यहाँ डिस्प्ले हुने बटम थिच्नुपर्ने बाध्यता कायम छ, जसले कोभिड -१९ जस्ता संक्रमक रोगहरु सजिलै फैलाउन सक्छ । त्यसैले यसरी एक भन्दा बढी व्यक्तिहरुले प्रयोग गर्ने विभिन्न सेवाहरु दिने त्यस्ता मेसिनहरुमा हातले वास्तविक बटम नछोईकन, (floating image)लाई टच गरेरै सेवा लिन सकिने गरि यस्तो प्रविधि विकास गरिएको हो । चित्रमा हेर्नुहोस्

यो प्रविधिबाट यसरी वास्तविक बटम भन्दा माथि तैरिएको अवस्थाको ईमेज देखिन्छ, र यसैलाई टच गरि सेवा लिन सकिने छ ।

यो प्रविधि सिजुवका स्थित मुराकामी खाईमेईदो नामक अटोमोटिभ पार्टस निर्माता कम्पनीले र क्योटोमा अवस्थित अर्को एक कम्पनीले संयुक्तरुपमा विकास गरेको हो । उक्त कम्पनीले यस अघिनै मिरर टेक्नोलोजीमा विशेष पहिचान बनाई सकेको छ । जसलाई उनिहरुले – फ्लोएटिङ पिक्टोग्राम टेक्नोलोजी’ नाम दिएका छन् । यसको प्रयोगले कसरी मानिसहरुको हालको दैनिकीलाई परिवर्तन गर्न सक्छ त ? हेरौँ यो चित्र :

यसरी -एटिएम, एलिभेटर, भन्डिङ मेसिन आदिमा यस प्रविधिको उपयोग गर्न सकिन्छ ।

हाल नमुनाको रुपमा उत्पादन भईरहेका यस प्रकारको प्रविधिलाई सन २०२२ बाट व्यवसायकिक रुपमा उत्पादन गरि आवश्यकता अनुसार प्रयोगमा ल्याउन सकिने कम्पनीले बताएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार