
जापान । एनआरएनए जापान कान्साई क्षेत्रिय समितीको आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा चितवनको अती बिकट ठाउ इच्छा कामना नगरपालिका २ काउले स्थित श्री राष्ट्र्रिय आधारभुत विद्यालयमा निःशुल्क दन्त उपचार शिविर सम्पन्न भएको छ ।

फेब्रुअरी ५ तारिख सम्पन्न शिविरमा सो विद्यालयमा अध्यनरत करिब २०५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविर संचालन मात्रै नभई एनआरएनए कान्साईले पुन: उपचार पनि गरेको छ। शिविरमा विद्यार्थीहरूले आफ्ना दन्त समस्याहरू निःशुल्क जाँच गराउन पाएकोमा तथा उचित परामर्श पाएकोमा हर्षित हुदै खुशी व्यक्त गरेका थिए। कुल २०५ विद्यार्थीले दन्त शिविरबाट लाभ लिएका थिए जसमा १२० जना छात्रा र ८५ जना छात्र रहेका थिए जसमध्य १६७ चेपाङबालबालीका थिए।

धेरै संख्यामा विभिन्न समस्याहरू रहेको र तिन जनामा अति समस्या रहेकाले उनिहरुको उपचार तथा परामर्शका लागि पुनः एकपटक चिकित्सक हरूको प्राविधिक टोली त्यहि स्कुलमा गएर उपचार गर्ने सोच बमोजीम एनआरएनए कान्साईले निःशुल्क जाँच मात्र गरेर समस्या मात्र थाहा हुने समस्याको निराकरण नहुने हुदा उपचार गरि रोगको पूर्ण निवारण गर्ने उद्देश्य सहित फेरि यहि फेब्रुअरी १९ तारिक शुक्रवारको दिन कुल ७० जना विद्यार्थीको उपचारको क्रममा ११६ वटा दाँत भरेको एनआरएनए कान्साईका कोषाध्यक्ष विष्णु सापकोटाले जानकारी गराउनु भयो ।

त्यसैगरि सम्पूर्ण चिकित्सक टोलीहरूलाई विकट ठाउमा पूगी उपचारलाई सम्भव तुल्याई दिनुभएकोमा एनआरएनए कान्साईका संयोजक कृष्ण गैरे ज्यूले फोन मार्फत विशेष धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिन अन्य ठाउमा पनि सहकार्यका लागि पनि आफूहरू तयार रहेको जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




