जीवन यात्राका उकाली–ओराली भोगाई र अनुभुतीले जीवनलाई जीवन्तता दिन्छ । जीवन नत सोचे जस्तो हुने रैछ, नत चाहे जस्तो नै, कहिले आरोह कहिले अवरोह यो एक किसिमको चक्र जस्तै रहेछ । मेरो बुझाई र भोगाई पनि एकै किसिमको भएन । जीवन भोगाईको अनुभव र आफ्नो अनुभूतिहरुलाई संक्षिप्त रुपमा यहाँ उल्लेख गर्ने जमर्को गरेको छु ।
जापानमा नेपालीहरुको बसोबास संख्यात्मक हिसावले धेरै र लामो भएता पनि प्रवासमा रहेका नेपालीहरुले आफ्नो जन्मभूमिका लागि के गर्न सकिन्छ ? कसरी सकिन्छ ? ब्यक्तिगत रुपमा भन्दा सामुहिक रुपमा केहि बढी गर्न सकिन्छ की ? यस्ता अनेकन प्रश्न आउने मेरो मन, जन्मभूमिको लागि केहि त गर्नु पर्छ भन्ने विषयले मलाई धेरै पटक घचघचाएको थियो । लाग्थ्यो मैले केहि त गर्ने पर्छ । जापान मेरो लागि जीवन जिउनको लागि बनेको देश मात्रै थिएन, जिम्मेवारी बहनको शिक्षा, जीवनको महत्व, उज्जवल भविष्यको सफल रुप पनि थियो । त्यसैले मेरो देशको लागि मैले भोगेको जीवनको केहि भाग, केहि गर्न पर्छ भन्ने मनको आवाज पनि सँगै थियो । जापानमा भएका हामी सैबै–साथी विच यसका बारेमा छलफल पनि भईरहन्थो, कसरी हामीले आफ्नो जन्मभूमिको विकासका लागि सहयोग पुर्याउन सक्छौ ? नेपाली समुदायलाई प्रवाभकारी रुपमा कसरी सहयोग पुर्याउन सकिन्छ भनेर एक किसीमको कौतुहलताले सताई नै रहन्थ्यो एनआरएन जापान युवा अवस्थामा आफ्नै जीवनका लक्ष्यहरुलाई सिङ्गार्दा नै बिते, जीवनका जिम्मेवारीलाई पुरा गरेको महसुस पछि, हामीले पनि जापानमा अनेकन नेपाली संघ संस्था स्थापित भएपनि प्रवासमा रहेका सबै नेपाली अट्न सक्ने संस्था स्थापनाको खाँचों रहेको अनुभव गरेका थियौं जुन संस्था नेपाल सरकारले पनि सहयोगि संस्थाका रुपमा स्थापित होस भन्ने हामी विच पनि छलफल हुने गर्दथ्यो ।
त्यस वखत नेपालबाट रशिया पढ्न जाने नेपाली बिद्यार्थीहरुको संख्या अधिक थियो । रशिया गई पढ्ने विद्यार्थीहरुले रशियामा नै पढ़ाई सकेपछि त्यहि बिभिन्न पेशा ब्यवसायमा संलग्न भई सफलता प्राप्त गरेसंगै रशिया सहित अन्य स्थानमा रहेका नेपालीहरुलाई समेटेर गैर आवासीय नेपाली संघको स्थापना गरेको थिए । संस्थाको लक्ष्य विदेशमा रहेका नेपालीहरुलाई समट्दै विदेशमा आर्जन गरेको शिक्षा, अनुभव र लगानीको लागि असल वातावरण बनाउने र आफ्नो जन्मभूमिलाई सहयोग पुयाउने रहेको थियो सन २००० बाट नै युरोपमा रहेका नेपालिहरु विच विश्वभर रहेका नेपालिहरुलाई गोलबन्द गर्न सक्ने संस्थाको महशुस भईरहेको थियो । युरोपका विभिन्न देशहरुमा बस्ने नेपालिहरुका विच सहमति गर्दै संस्था संचालन गर्ने र नेपाल सरकारसग पनि संस्थाको उद्ष्य बारेमा योजना सहित छलफल गर्ने काम भईरहेको थियो । यहि आवस्यकतालाई पुरा गर्न २००३ शुरुवातमा डा.उपेन्द्र महतोहरुको सक्रियतामा लन्डनमा पहिलो आनौपचारिक भेला सम्पन्न भएको थियो । यो भेलले संसार भर रहेका नेपालीहरुलाई कसरी एउटै साझा संस्था निर्माण गर्दै गोलबन्द गर्न सकिन्छ यसका बारेमा छलफल २००३ को अगष्ट ३१ तारिखमा काठमान्डौमा ग़ैर आवसिया नेपालि संघको विधिवत पहिलो अन्तराष्ट्रीय सम्मेलन सम्पन्न भएको थियो । पहिलो सम्मेलनले डा.उपेन्द्र महतोको अध्यक्षमा कमिटि निर्वचित गर्दै विश्वको अन्य देशहरुमा रहेका नेपालिहरुलाई पनि एनआरएन अभियान् जोड़ने निर्णय अनुसार जापानमा २००४ को फ्रेबवरीमा हामिले एनआरएन जापानमा गठन गर्ने सफल भयौ ।
हामिले २००४ मा एनआरएन जापान गठन गर्दा त्यस समयमा जापानमा हामि करिब ४ हजार नेपालि रहेको अनुमान थियो भने पहिलो भेलामा हामि करिब ७० जनाको उपस्थिती रहेका थियौ । मेरो अध्यक्षतमा दुई कार्यकाल सम्पन्न भयो २००४-२००६ दोश्रो २००६-२००८ गरी दुई कार्यकाल सफलता पूर्वक पुरा गर्न सहयोग गर्ने कार्यसमितिका साथिहरु जापानवासि नेपालीहरु सबैलाई घन्यबाद दिन चाहान्छु । एनआरएन जापानले जापानवासि नेपालीहरुलाई जापानिज भाषाको सहयोगि हुने कार्यक्रम संचालन गर्दा राम्रो हुनेछ, त्यसैगरी जापानिज निति र कानुनहरुको पालन गर्दै भविष्यमा कानुनमा हुनसक्ने परिवर्तनहरुलाई मध्यनज़र गर्दै त्यसको तयारी गरिनु पर्दछ । जापानवासि नेपालीले यहॉको सांस्कृतिक संस्कार र नेपाली संस्कृतिको साटसाट गर्ने वातावरण तयार गर्दै दैविक प्रकोपको लागि चनाखो भएर नेपालीहरुको लागि सुचना सबैलाई सजिलोसग पु्याउन संयन्त्र निमार्ण गर्ने तयारी गरिनु पर्दछ । ग़ैर आवसिया नेपाली सघ जापानले सबै नेपालीहरुलाई समेटदै जापान सरकार र नेपाली दूतबासले प्रदान गर्ने सबै प्रकारका सेवा र सुविधाहरु लिने तरिकाको बारेमा पनि पुलको रुपमा सहयोगि बन्न आवस्यक छ । अबको लक्ष्य विश्व भरी रहेका नेपालीहरुलाई संगठित गर्दै जन्मभूमिको लागि आर्थिक र सामाजिक विकासमा टेवा पु्याउने उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अहिले ७० देशमा करिब ५० लाख नेपालहरुको साझा संस्थाको रुममा विकास भएको छ भने जापानमा रहेका हामी करिव ७० हजार नेपालीहरु मध्ये ११ हजार भन्दा बढी सदस्यहरु संगठित भएका छौ ।
knowledge , network and challenge मुल नाराका साथ हामिले जापानमा एनआरएन शुरु गरेका हौ । यो संस्थासँग जोडिने क्रम जारी रहेको छ । संघको दिननुदिन प्रगति देखेर मन हर्षित हुनुका साथै स्थापनाको कालको संस्मरण आजको मितिमा याद गर्दा पनि रोमाञ्चित बनाउँछ । देशले अहिले ७.५ प्रतिशतको आर्थिक बृद्धी दर भेट्टाउँदा प्रवासमा रहेका नेपालीहरुको रेमिटान्सको प्रतिशत उच्च रहेको छ । यो मात्रै होईन, प्रवासमा आर्जन गरेको प्राविधिक ज्ञान होस वा कृषी क्षेत्रमा नेपालीले आर्जन गरेको शीप तथा उच्चतम प्रविधिको प्रयोग होस् यसले नेपालको अर्थतन्त्रमा टेवा दिएको नै छ । त्यस सँगसँगै साना तथा ठूला उद्योग, जलविद्युत, पर्यटन, बैङ, होटल एवं रेष्टुरेण्ट, हवाई, भौतिक पुर्वधारमा देखिएको प्रवासीहरुको लगानी पनि नेपालको आर्थिक क्षेत्रलाई बलियो बनाउने कार्यमा एउटा दरिलो खम्वा सावीत भएको छ । म सहित एक विदेशी साथी नेपाल पठाउने अभियान, अहिले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा संचालन भईरहेको अतिथि देवःभवः कार्यक्रम जसको संयोजक भवन भट्ट हुन उनी नेपालिहरु माँझ विश्वास लाग्दो अभियान्त हुन । भट्ट नेपालका लागि नेपालीले गरेका मातृभूमिको प्रेमका दरिला उदाहरण हुन । हामीले जन्मभूमिका लागि सकारात्मक सन्देश सहित नेपालमा आर्थिक विकास र सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने कार्य गर्न आवश्यक छ । यदि त्यो लक्ष्यलाई भेट्टाउने हो भने हामीले सामुहिक रुपमा केहि ठुला आयोजनामा हात हाल्नु पर्ने हुन्छ । देशको विकासको लागि परदेशिको भुमिका खोजिरहेको बेला, हामीले उठाएको मागका बारेमा नेपाल सरकारले २०१५ मा जारी गरेको संविधानमा पनि गैर आवासीय नागरिकताको ब्यवस्थासंगै हामीमा जिम्मेवारी बढेको छ ।
त्यसैले अबको अधिवेशनमा कुनै राष्ट्रमा ५० हजार नेपाली बसोबास गर्छन भने त्यो राष्ट्रले संघको अगुवाईमा संयुक्तरुपमा गर्ने सकिने ठुला आयोजनाको सम्भाब्यता खोजिनु पर्दछ । (जस्तोः ५० हजारको लागि निश्चित दरले सेयर लिन सकिने, त्यो रकमले नेपालमा कुनै एक ठुलो आयोजना सम्पन्न गर्ने त्यसको लाभ सबैले लिने ) अन्त्यमा, भनिन्छ जन्मभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ । त्यसैले एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल मर्म सहित स्थापना भएको गैर आवासीय नेपाली संघलाई निरन्तर संचालन गर्नको लागि यसको विधानको मर्मलाई आत्मसाथ गर्दे सवै नेपाली समुदायलाई सहयोग र एकताका लागि अनुरोध गर्दछु । एनआरआरएन जापानलाई सवै जापानवासी नेपालीहरुको आशा र विश्वासको केन्द्रका रुपमा विकास गर्न आफ्ना सदस्यहरुको समस्या हरु मात्र नभई समग्र नेपालीहरुको समस्यामा चिन्तीत हुनु पर्दछ । जन्मभूमिको विकासको लागि हरदम सहयोगी बन्दै एक आपसमा भाईचारा कायम गर्दै सकारात्मक सौंचका साथ सबैलाई गोलबन्द गरेर समय अनुकुल अघि बढ्न आवश्यक छ । गैर आवासीय नेपाली सदस्यहरुले संघको विकास सहित प्रवासमा आर्जन गरेका सबै प्रकारको सफलता आफ्नो जन्मभूमिलाई प्रदान गरौ ।
धन्यवाद !
जय एनआरएन जय नेपाल !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




