{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1614422410894","source":"other"}

टोकियो/जापान । एनआरएन जापान कान्साइ क्षेत्रिय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ।

जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो।आयोजक एनआरएनए कान्साईका संयोजक कृष्ण शर्माका अनुसार प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट ३ जना कविलाई जनही क्रमश ५०,००० येन ३०,००० येन र २०,००० येन सहित प्रमाणपत्रले सम्मान गरिने छ ।
जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्ण श्रस्टा हरुलाई अन्तिम मिति २८,मार्च २०२१ भित्र यस ठेगानामा ईमेल गर्नका लागि अनुरोध गरिएको छ । email:- nrnkansaipoetry2021@gmail.com

ओसाकामा अन्तराष्ट्रिय स्तरको वृहत साहित्यिक भेटघाट गर्ने योजना रहेको भएता पनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको उच्चतम सदुपयोग गर्दै अन्तराष्ट्रिय साहित्य समाज त्यसैगरि अन्तराष्ट्रिय साहित्य समाज जापानसंगको सहयोग एवं परामर्श बाट जापानब्यापी कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानको सल्लाहाकार समेत रहनु भएका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले जानकारि गराउनु भयो।

यस प्रतियोगितामा सहभागीताका लागि कबिताको शिर्षक र बिषयबस्तु स्वतन्त्र रहनेछl
जापानमा स्थायि/ अस्थायी बसोबास गरेका श्रष्टा हरू मात्र सहभागि हुन पाउनेछन।कबिता बढिमा २०० शब्द सम्मको हुनु पर्नेछ। कविता यो भन्दा अगाडि कतै प्रकाशित नभएको हुनुपर्नेछlउत्कृष्ट १० मा छनोट भएका कबिहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत कबिता बाचन गराइनेछ। कबिता मार्च १ देखी २८ सम्म पठाइ सक्नुपर्नेछ। राष्ट्रिय स्तरको प्रतियोगितामा बिजयी कबिले भाग लिन पाइने छैन।
कबिता पठाउनु पर्ने ठेगाना:-nrnkansaipoetry2021@gmail.com
अन्तिम मिति २८ मार्च २०२१ कविता पठाउदा आफ्नो फोन नम्बर र ठेगाना पनि पठाउनु हुन अनुरोध गरिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार