{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1614586688555","source":"other","origin":"unknown"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानले तोचिगी तदर्थ समिति गठन गरेको छ ।आइतबार निवर्तमान अध्यक्ष एवं केन्द्रीय समिति सचिव बिकास बस्नेतको अध्यक्षतामा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो ।
नवगठित, तदर्थ समितिमा संयोजक :- मन्दिप क्षेत्री,उपसंयोजक :- राजेन्द्र पुरी,उपसंयोजक :- मदन साउद,सचिब:- शम्भु थापा,सहसचिब:- उत्तम खनाल,कोषाध्यक्ष:- प्रकास जंग सिंह,सहकोषाध्यक्ष :- उमेश केसी का साथै सदस्यहरुमा :अनिल कुमार किसान,जित बहादुर रावत,किशोर बस्नेत,दिपक सुनार,अलिसा सुनार,सुसान्त गुरूङ,रोहित दर्लामी मगर,तोमन सापकोटा,देवमान तामाङ,संजिता हमाल र सुसान्त तामाङ चयन भएका छन् । भेलाबाट २१ सदस्य समिति चयन भएका छन् भने ३ जना सदस्य समितिको बैठकबाट मनोनित गरिने जनाएको छ ।

भेलामा प्रमुख अतिथि गैरआवासीय नेपाली संघका अध्यक्ष देबिलाल भण्डारी, क्षेत्रिय उपाध्यक्ष दिपक कार्की ,युवा उपाध्यक्ष नविन निउरे ,महासचिब जनक बिक्रम शाही प्रबक्ता सिद्धार्थ श्रेष्ठ ,महिला संयोजक संगिता अधिकारी सुवेदी ,सदस्य रामकृष्ण श्रेष्ठ, अन्जु भण्डारी, सल्लाहकार शिव प्रसाद पौडेल ,समाजसेबी प्रकास भण्डारी, गुन्मा केन संयोजक मिन कुमार लामिछाने मगर ,संघका प्रतिनिधि किरण थापाको उपस्थिति रहेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार