जापानमा हुनुहन्छ भने विभिन्न सामाजिक संजालहरुमा ठूलो अजंगको बुद्ध मुर्तीमा ट्राफिक लाईटको कालो चश्मा र साकुराको फूलको पोषाक लगाए जस्तो देखिने यो फोटो धेरै पटक देख्नुभएको हुनसक्छ । कहिले कहीँ खुल्दुली पनि लाग्यो होला कि, यो कहाँको फोटो होला ? कतै कसैले फोटोसपमा सम्पादन गरेको त होईन ?

निश्चिन्त हुनुहोस् , यो वास्तविक तस्बिर हो । यो आईची प्रिफेक्चरको कोनानमा अवस्थित १८ मिटर अग्लो बुद्धको मुर्ति हो । जसलाई हिजो आज चश्मा लगाएका ठूलो बुद्ध मुर्तिका रुपमा चिन्ने गरिन्छ । यो बुद्ध मुर्तिलाई नागोया रेलवे कम्पनीको ईनुयामा लाईनको ट्रेन क्रसिङको दाहिने कोणबाट हेर्दा यस्तो दृश्य देखिन्छ । त्यो चश्मा जस्तो देखिने चाहीँ ट्रेन क्रसिङमा राखिएको चेतावानी लाईट हो । यसलाई एंगल मिलाएर तस्बिर खिच्दा यस्तो देखिन्छ । तस्बिर

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार