टोकियो/जापान । जापानमा अधिकाँस मानिसहरुले प्रयोग गर्ने सामाजिक संजाल लाईन ( LINE) को व्यक्तिगत जानकारी, चिनियाँ आउटसोर्सिंग कम्पनीका ईन्जिनियरहरुले सजिलै हेर्न तथा प्रयोग गर्न सक्ने खुलासा भएको छ । लाईन् जापान भित्रका करिब ८ करोड ६० लाख भन्दा बढी मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।

जापानमा व्यक्तिगत सुचनाको गोपनीयता निकै महत्वपूर्ण मानिन्छ । जापानीहरु हत्तपत्त सामाजिक संजाल सहजै प्रयोग गर्दैन । यद्यपी लाईनलाई भने मूख्य संचार आदान-प्रदानको माध्यमकै रुपमा प्रयोग गर्ने गर्दछन् । तुलनात्मकरुपमा ढुक्क भनिएको लाईन पनि चिनियाँ आउटसोर्सिंग कम्पनीका ईन्जिनियहरुको पहुँचमा सजिलै पुग्ने देखिएपछि आम प्रयोग कर्ताहरु शसंकित भएका छन् ।

यसबारे नियमन निकायहरुले विस्तृत छानबिन प्रकृया अगाडी बढाएको बुझिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार