टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अप्रिल १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले समाचारको अन्त्यमा रहेको फारम भरी सहभागी हुनसक्नुहुनेछ । रक्तदान कार्यक्रम अप्रिल १७ तारिख सिन्जुकु वार्डस्थित टोकियो रेडक्रस ब्लड सेन्टरको कार्यलयमा हुनेछ । थप जानकारीका लागि संयोजक संगिता अधिकारी तथा एनआरएनए जापानका अन्य पदाधिकारीहरुलाई सम्पर्क गर्नसक्नुहुनेछ ।

यस अघि,गत वर्षको अक्टोबरमा तय भएको कार्यक्रम कोरोना संक्रमणका कारण स्थगन भएको थियो । कोरोना संक्रमण अझै निर्मुल नभता पनि अब उच्च सतर्कताका साथ कार्यक्रम गर्न लागिएको जनाईएको छ ।

रक्तदानका लागि यो फारम भर्नुहोस्

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार