{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1616336545457","source":"other","origin":"unknown"}

सेन्दाई/जापान । एनआरएनए जापानको सेन्दाई क्षेत्रीय  समिति गठन भएको छ ।

आईतबार ( मार्च २१ तारिख ) जापानको सेन्दाई शहरमा सम्पन्न भेलामा नेपालीको बाक्लो उपस्थित थियो भने समितीको संयोजकमा हरि गोपाल श्रेष्ठ उपसंयोजक छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिब साबित्री लामा , सह सचिब निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्ष कृष्ण बिक्रम घिर्सिङ सहकोषाध्यक्ष समिर चौलागाई सदस्यहरू सम्झना मोक्तान,टिका वलि, देबी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला,कमल बानिया, सर्वसम्मति निर्वाचित भएका थिए दुई प्यानलमा मनोनयन दर्ता भए पनि आपसी समहमती बनाई सर्वसम्मति बनाउन सफल भएको थियो भने बाक़ी ६ सदस्य बैठकबाट मनोनित गरिने प्रवक्ता सिद्धार्थ श्रेष्ठ जानकारी गराउनु भयो।

भेलामा क्षेत्रिय उपाध्यक्ष दिपक कार्की को सभापतित्व, प्रमुख अतिथि युवा उपाध्यक्ष नबिन निउरे बिषेस अतिथि महासचिब जनक बिक्रम शाही प्रवक्ता सिद्धार्थ श्रेष्ठ महिला संयोजक संगिता अधिकारी सुबेदी सल्लाहकार शिब प्रसाद पौडेल, तेज अर्याल सदस्य रामकृष्ण श्रेष्ठ, कृष्ण खनाल निगता संयोजक दिपक सुनार तोचिगी संयोजक रतन क्षेत्रि र सेन्दाई निबर्तमान सन्तोष चौहान को शुभकामना मन्तब्य दिएका थिए भने संचालन बिकास बस्नेत र टिकाराम खरेल ले गरेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार