पोखरा । अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर घरको कोठाको दराजमा लुकाएको आरोपमा सिन्धुपाल्चोक घर भइ पोखराको अधिकारी टोलमा बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो ।
कोठामा बच्चा जन्माएसँगै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज पुगेपछि जाँचका क्रममा उनले अवैध बच्चा जन्माएको शंका लागेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।
अभियुक्त घलेले शुक्रबार राति ९ बजे शिशु जन्माएपछि नवजात शिशुलाई दराजको कपडामा गुटुमुटाएर लुकाइ आफू भने उपचारका लागि अस्पताल पुगेपछि सोधखोजका क्रममा बच्चा जन्माएर दराजमा लुकाएको पोल खुलेको प्रहरीले जनाएको छ ।
घलेको बयानपछि उनको डेरामा पुगेको प्रहरीले खानतलासी गर्दा दराजभित्रको कपडामा गुटुमुटाएर लुकाएको अवस्थामा मृत नवजात शिशु फेला पारेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
सात महिना अघिदेखि पोखरामा बस्दै आएकी घलेले नवजात शिशुको हत्या गरेकी हुन् वा मृत जन्मिएको हो भन्ने बारेमा पत्ता लगाउन शिशुको शवलाई प्रहरीले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




