{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1618283801654","source":"other","origin":"unknown"}

टोकियो जापान । एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले मृतकको रकम हिनामिना गरेको भनि प्रकाशित समाचारमा सत्यता नरहेको बताएका छन् ।

२०१७ को जुलाई महिनामा सडक दुर्घटनामा परि मृत्यु भएका हृदेश जिसीको बिमा बापत प्राप्त भएको रकम हिनामिना गरेको भनि एक साप्ताहिक पत्रिकाले समाचार प्रकाशन गरेपछि भण्डारीले त्यतिबेलाका आर्थिक गतिबिधि बारे आफुलाई कुनै जानकारीनै नभएको बताएका हुन् ।

‘बिमा रकम के कति आएको हो र के कति नेपाल पठाएको हो मलाइ जानकारी छैन’ नेपाल न्यूज पोस्ट संग कुरा गर्दै भण्डारीले भने ‘अदालतको निर्णय बमोजिम जापानी वकिलले बिमा रकम लिएको र उसै मार्फत मृतकका बाबुको खातामा जम्मा भएको हो।’

अदालतको निर्देशन अनुसार जापानी वकिल मार्फत आर्थिक कारोबार भएको र आर्थिक कारोवार बारेको बिल भरपाई अदालतमै रहेको भण्डारीको भनाइ छ । ‘मुद्दा अझै टुङ्गिएको छैन, टुङ्गिएपछि सबै बिल भरपाई प्राप्त हुन्छन जस्तो मलाइ लाग्छ ‘ उनले भने ‘म संग सम्बन्धनै नभएको बिषयमा कसरि आरोप लगाइएको हो बुझ्न सकेको छैन ।’

भण्डारीले आफुलाई लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । ‘समाचार प्रकाशन गर्नुपूर्व बास्तबिकता के हो बुझ्नु आबश्यक थियो’ उनले भने ‘हिम्मत छ भने वकिल संग कुरा गर्नुहोस् र यो घटना संग सम्बन्धित रकम मेरो खातामा डिपोजिट भएको मात्रै पनि देखाउनुस, म जस्तो सुकै सजाय भोग्न तयार छु ।’ उक्त घटना संग सम्बन्धित कुनै पनि आर्थिक लेनदेनमा आफ्नो संलग्नता नरहेको उनको दावी छ ।

(हामी दुवैपक्षसंग आरोप मात्रै हो या वास्तविकता हो भन्नेबारे पत्ता लगाउन आर्थिक कारोबारको  बिस्तृत जानकारी लिनेक्रममा छौँ । यद्यपी अध्यक्ष भण्डारीले आफु अहिले भर्खरै नेपालबाट  जापान  आएकाले क्वारेनटाईनमा रहेको र यो अवधी सकिएपछि आरोपका विषयमा वास्तविक जानकारी दिने बताएका छन् । )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार