
टोकियो/जापान । एनआरएनए जापानले आगमी कार्यकाल (२०२१ -२०२३)का लागि निर्वाचन समिति तथा अनुगमन समितिको गठनसंगै उम्मेदारा शुल्क तय गरेको छ ।
एनआरएनए जापानको आज ( मे ९ तारिख)का दिन बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । हेर्नुहोस निर्णयहरु
निर्णय नं १: रासप जापानको दशौँ अधिबेशनको मिति २५ जुलाई, २०२१ मा गर्ने निर्णय भैसकेकोले निर्वाचन मिति २७ जुलाई २०२१ मा गर्ने।
निर्णय नं २ : गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उप नियम ५.१५ अनुसार आसन्न रासपको १० औं महाधिवेशनको निम्ती निर्वाचन आयुक्तमा एहिमे विश्व बिद्यालयका प्राध्यापक (Ehime Univercity ) डा. नेत्र प्रकाश भण्डारीज्यू लाई चयन गर्ने निर्णय गरेको छ। भने बाँकी २ सदस्य कार्यसम्पादनमा सहजताको निम्ति आयुक्तले नै तोक्ने गरी जिम्मेवारी दिने।
निर्णय नं ३ : अन्तराष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन नियमावली २०२१ को नियम ५ को उपनियम ५.१६ बमोजिम ५ सदस्यीय रासपको निर्वाचन मुल्यांकन तथा अनुगमन समितिको गठन जसअनुसार अनुगमन तथा मुल्यानकन समिति निम्न प्रकार रहेको छ।
संयोजक : श्री भवन भट्ट
सदस्य : श्री रोशन केसी
सदस्य : डा. भुपाल मन श्रेष्ठ
सदस्य : श्री बिजेश थकाली
सदस्य : श्री बाबुराम भण्डारी
निर्णय नं ४: २०२१-२०२३ कार्यकालको निम्ति आइसीसी सदस्य र रासप पदाधिकारी पदमा उम्मेदवारी दिने उम्मेदवारको निम्ति निम्नानुसारको मनोनयन शुल्क तय।
आइसीसी सदस्य : ४० मान यन
अध्यक्ष : ३० मान यन
बरिष्ठ उपाध्यक्ष : २५ मान यन
उपाध्यक्ष : २२ मान यन
महासचिव : २० मान यन
सचिव : १५ मान यन
कोषाध्यक्ष : १५ मान यन
सहकोषाध्यक्ष : १२ मान यन
प्रवक्ता : १२ मान यन
युवा संयोजक : १२ मान यन
महिला संयोजक : १२ मान यन
सदस्य : ५ मान यन
निर्णय नं ५: रासपको निर्वाचन आइसीसी द्वारा डेभलव गरीएको अन्लाईन निर्वाचन प्रणालीनै प्रयोग गर्ने।
निर्णय नं ६: गत अप्रिल २३ तारीक बसेको कार्यसमितिको नियमित बैठकले गरेको निर्णय बमोजिम रासप अन्तर्गतका क्षेत्रीय समितिहरुको अधिबेशन १५मे २०२१ देखी १५ जुन २०२१ सम्म सम्पन्न गरीसक्ने निर्णय गरे पनि यदी कुनै क्षेत्रीय समिति निर्वाचनमा जानुपर्ने अवस्था देखिएमा उक्त क्षेत्रीय समितिहरुले जुन ३० तारीक भित्र निर्वाचन सम्पन्न गर्न सक्ने छन् तर अधिबेशनको हकमा पहिले गर्न सकिनेछ।
निर्णय ७ : क्षेत्रीय समितिहरुले मनोनयन शुल्क रासपका पदाधिकारी तथा सदस्य हरुको मनोनयन शुल्क भन्दा बढीमा ५०% नबढाई तोक्न सक्ने निर्णय।
निर्णय ८: प्रस्ताव नम्बर ८ विविधमा छलफल गर्दा COVID 19 को बढ्दो संक्रमण र जापानको विभिन्न प्रान्तहरुको नियम तथा COVID १९ को लागी तय गरीएका मापदण्ड हरुलाई मध्यनजर गर्दै क्षेत्रीय अधिबेशनलाई सकेसम्म भर्च्युअल रुपमा सम्पन्न गर्न आवस्यक सुझाव तथा सहयोगको निम्ति क्षेत्रीय उपाध्यक्षहरु मार्फत सबै क्षेत्रीय समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




