
टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन मे ३० तारिख गरिने भएको छ ।
एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम बैठकले २०२१ मे ३० तारिख ७औं अधिवेशन गर्ने निर्णय गरेको हो ।
एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५ देखि जुन १५ सम्म जापानका सम्पुर्ण क्षेत्रीय कार्यसमितिहरुलाई अनिवार्य रुपमा अधिबेशन सम्पन्न गर्न भनि दिएको निर्देशन बमोजिम कान्तो क्षेत्रीय कार्यसमितिको बैठकबाट मे ३० आईतवारको दिन सोल्मारी हल ओकुबुमा बिहान ११ बजेबाट अधिबेशन गर्ने निर्णय गरिएको कान्तो क्षेत्रीय कार्यसमितिका संयोजक राकेश रुम्बाले जानकारी दिनुभयो ।
संस्थाका संयोजक राकेश रुम्बाको अध्यक्षतामा बसेको बैठकले बिजय थकालीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी बनाएको छ । निर्वाचन समितिको सदस्यहरुमा बाबुराम पौडेल , बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचन चयन गरिएको छ ।
कार्य समितिको बैठकबाट उम्मेद्धारी शुल्क पनि निर्धारण गरिएको छ । उक्त बैठकबाट उम्मेद्धारी शुल्क संयोजकको लागि शुल्क ७ मान, उपसंयोजकको ५ मान,सचिवको लागि ४मान , कोषाध्यक्षको ४ मान , सह(कोषाध्यक्ष,सचिब)३मान निधारण गरिएको छ भने सदस्य पदको लागि १ मान ५ हजार येन निधारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




