{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1622433327672","source":"other","origin":"gallery"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न भएको छ ।

आइतबार ( मे ३० तारिख)टोकियोमा सम्पन्न क्षेत्रको ७ औँ अधिवेसनबाट संयोजकमा दिपेश केसी सर्वसहमतिमा चयन भएका छन् ।

उपसंयोजकमा,शैलेन्द्र खड़का र सुरेश केसी,महिला उपसंयोजकमा ललिता तामाङमा निर्वाचित हुनु भएको निर्वाचन चयन भएका छन् भने सचिवमा सागर कार्की, सहसचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव, कोषाध्यक्षमा विनोद राई, सहकोषाध्यक्षमा पुरन्जन नेपाल तथा सदस्यहरूमा सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री चयन भएका छन्

निर्वाचन कमिटीमा, संयोजक बिजय थकाली, सदस्यहरु बाबुराम पौडेल, बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचन सम्मिलित रहेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार