
टोकियो/जापान । एनआरएनए जापानको छानबिन समितिले आफुले पाएको ज़िम्मेवारी र एनआरएन जापान भित्र रहेका विविध विषयहरुलाई अध्ययन गरी निष्कर्षमा पुगेको बताएको छ।
एनआरएनए जापानमा सन २०१५ को भूकम्पमा उठेको रकम देखि नेपाल फ़ेस्टिवल आयोजना गर्दाको रकम, तथा अन्य विविध कार्यक्रम गर्दाखेरीको आर्थिक लेनदेनसम्म प्राय सबैमा आरोप लाग्ने गरेको छ । सोहि अनुरुप छानबिन समितिले पटक पटक जापानवासी नेपाली समुदायलाई प्रमाण भए पेशगर्न अनुरोध गरीएको थियो ।
आफु स्थापक अध्यक्ष रहेको र जापानको एनआरएनमा निरन्तर नजिकबाट हेरीरहेकोले पटक पटक अनिमियताको आरोप लागेको एनआरएन भित्र वास्तवमा के भएको हो भनेर बुझ्नको लागि सन २०१५ देखी सन २०२० नोवेम्बर सम्मको सम्पूर्ण खाता पाता , बिल भरपाईहरू एक एक गरी ज़ाचग़र्ने ,सम्बंधित व्यक्तिलाई बोलाएर सोधपूछ ग़र्ने जस्ता जटिलकार्यले छानबिन समय लम्बीएको संयोजक राजन प्रधानंगले जानकारी दिनुभयो।
एन आर एन जापानमा छानबिन समितिको गठन भए पश्चात अन्य उजूरि पनि पर्न आएको छ । व्यक्तिले पदीय प्रयोग गरी व्यक्तिगत रूपले कार्यगरेको र त्यसमा समेत रक़म हिनामीना गरेको गुनासाहरू , एनआरएन दर्ता प्रक्रियाको बारेमा पनि उजुरी आएकोले आफुहरूलाई कार्यभार थप भएकोले तोकीएको बिसयमा मात्र अनुसंधानले सत्यतथ्य बाहिर नआउने हुनाले छानबिन समितिका सबैजनाले समय दिई तदारुकताका साथ काम गर्दै गर्दा पनि केहि समय लाग्न गएको परप्रेक्ष्यमा जापानबाशी नेपालीहरू र विश्वका एनआरएनएहरूले चासोको साथ हेरीरहेको एनआरएन जापानमा भएको के हो त ? भनेर छानबिन गर्नु आफ़्नो दायित्व पनि हो भन्ने अठोटका एबम हौसला मिलेको संयोजकले बताउनु भयो।
जापानवासी नेपालीहरूको लामो समयको प्रतीक्षा पछि पत्रकार सम्मेलन मार्फ़त निम्न मिति र समय मा छानबिन समितिले प्रतिवेदन बुझाउने एबम सार्बजनिक गर्ने जानकारी समितिका सदस्य सचिब डा.बलराम श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार यहि आउँदो आईताबार जुन ६ तारिख दिउँसो ३ बजे टोकियोमा प्रतिवेदन बुझाउने तथा पत्रकार सम्मेलन गरिने छ । स्थान भने अझै खुलाईएको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




