काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप* उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी  दिएका हुन् ।

 

राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई पत्र लेखेर कोरोना भ्याक्सिनका लागि गरिएको अनुरोधपछि अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको राजदुत डा युवराज खतिवडाले बताए । राष्ट्रपति भण्डारीले भ्याक्सिन उत्पादन गर्ने वा भण्डारण गरेर राखेका भारत, चीन, अमेरिका, बेलायत र रुस गरी पाँच देशलाई मात्रै लेखेको थियो ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको वक्तत्व मा पहिलो चरणमा २.५ करोड करोड डोज खोप वितरण गर्न लागिएको जानकारी दिइएको छ । यसमध्ये ७५ प्रतिशत अर्थात् १.९ करोड डोज खोप कोभ्याक्सकाे माध्यमबाट वितरण गरिने बताएको छ । यसमध्ये ६० लाख डोज ल्याटिन अमेरिका, ७० लाख डोज दक्षिण र दक्षिण पूर्वी एसियामा र ५० लाख डोज खोप अफ्रिकामा वितरण गरिनेछ । बाँकी ६० लाख डोज अमेरिकाले कोरोना महामारीको गम्भीर चपेटामा रहेका राष्ट्र, छिमेकी र पार्टनरहरुलाई वितरण गर्ने बताइएको छ ।

अमेरिकाले जुन महिनाको अन्त्यसम्ममा ८ करोड डोज खोप वितरण गर्ने जनाएको छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार