नागोया/जापान । रामकुमार थापाले गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको सचिवमा उम्मेदवारी दिएका छन् ।

नागोया क्षेत्रीय समन्वय समितिको यहि जुन ६ तारिकको दिन आठौँ अधिवेशन तथा नया कार्य समिती चयन हुदैछ । वर्तमान कार्यसमितिमा सहसचिवको पदमा रहेका थापाले नागोया राम्रो पकड बनाएका छन् ।वर्तमान कार्यसमितिमा उनले निर्वाह गरेको भूमिकाले थापालाई यस पटकको (२०२१ -२३ )को लागि सचिवमा सशक्त उम्मेदवारको रुपमा हेरिएको छ ।

धादिङको मलेखु स्थायी घर भएका थापाले यस अघि एनआरएनए बाहेक पनि,धादिङ समाज नागोया जापानका पूर्व सचिव र धादिङ जिल्ला फुटवल संघका पूर्व उपाध्यक्षमा रहि जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार