{"sources":["276135311001201"],"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623023324349","source":"other","origin":"unknown"}

टोकियो/जापान ।एनआरएनए जापानभित्र व्यापक आर्थिक अनियमितता भएको खुलासा भएसंगै केहि सदस्यहरुले नैतिकताको आधारमा भन्दै आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

एनआरएनए जापानको आर्थिक छानबिन समितिले हिजो( जुन ६ तारिख) सार्वजनिक गरेको प्रतिवेदनले प्रष्टरुपमा अभिव्यक्त गर्न नसकेता पनि संघभित्र निरन्तर (विभिन्न कार्यसमितिका विभिन्न पदाधिकारीहरुद्वारा )आर्थिक अनियमितता हुने गरेको खुलासा गरेको छ ।

यसैविच,सोमबार बिहानसम्ममा वर्तमान (२०१९-२१)कार्यसमितिका सदस्य द्वय, राजेश खनाल र सुरेश गिरीले हाल कायम पदबाट राजिनामा दिएको घोषणा गरिसकेका छन् । उनिहरुले सामाजिक संजालमा प्रकासन गरेको राजिनामा घोषणाको व्यहोरा जस्ताको तस्तै :

गिरीले भने हिजो (जुन ०६ मा )नै आफ्नो सामाजिक संजाल मार्फत राजिनामा दिएको बताएका थिए भने खनालले आज बिहान( जुन ०७) आफूले नैतिकताको आधारमा राजिनामा दिएको हुँ भन्दै, नेपालन्युजपोस्टलाई जानकारी गराएका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार