{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623375098815","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623375098822"}

टोकियो/जापान । गैरआवासिय नेपाली संघ जापानका विभिन्न कार्यकालका पदाधिकारीहरुले मनलाग्दी आर्थिक अपचलन गरेको प्रतिवेदन सार्वजनिक भएपछि आन्तरिकरुपमा आफु चोखिने उदेश्यले कार्यसमिति भित्रकै एक समूहले कार्यसमिति बैठकमा छलफल नै नगरि कार्यसमितिको निर्णय भन्दै आईसिसि गुहार्ने तथा विभिन्न संचारमाध्यमहरुमा समाचार सम्प्रेषण गराउने काम भएको भन्दै, प्रवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति जारी गरेका छन् ।

एनआरएनए जापानको कार्यसमितीका २२ जना पदाधिकारीहरुद्वारा यथार्थ छानबिनको लागि आईसिसि समक्ष निवेदन,अध्यक्ष भण्डारीको राजिनामा माग

जारी विज्ञप्तीमा, विधि,विधान र प्रकृया विपरित कार्यसमिति भित्रै रहेर पनि गुटबन्दी गर्दै,संस्थाको मर्यादा र सिमा नाघेको उल्लेख गरिएको छ । विज्ञप्तीमा,संस्थामा लागेको आक्षेप मेटाउन समूहिक पहल गर्नुपर्नेमा गुटबन्दी गर्दै कुनै व्यक्ति विशेषलाई मात्रै आरोप थुपारेर आफू( अघिल्ला कार्यसमितिदेखी जिम्मेवार पदमा रहेका) उम्किने बाटो खोजेको आशय उल्लेख गरिएको छ ।

जुन ७ तारिख अनलाईनमा भएको कार्यसमितिको विशेष बैठक बस्नु भन्दा केहि घण्टा पुर्व छानविन समितिको प्रतिबेदन माथी महासचिवले बुदागत रुपमा धारणा राख्दै केहि सुझाव भए दिन र सोहि बमोजिम प्रेस विज्ञप्ति निकाल्ने कुरा भएपनि कोहि कसैको प्रतिक्रिया नआएको र बैठकमा पनि प्रतिबेदन स्पष्ट नभएको भन्ने सबैको धारणा रहेपनि यसरी छुट्टै गुट बन्दि गरी प्रस्तुतहुने अवस्था नरहेको पनि विज्ञप्तिमा जनाईएको छ । यसका साथै अर्कै प्रयोजनका लाहि गरिएको हस्ताक्षरको समेत दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भनिएको छ – अध्यक्षमाथी लागेको आरोप हरेक अधेवेशनको बेला निस्किने पछी हराउने फेरी अधिबेशनमा निस्किने भएपनि यो विषय माथि स्पष्ट हुन वारम्वार कार्यसमितिको तर्फबाट अध्यक्षलाई दवाब दिईएकैहो त्यसको वावजुत अध्यक्षले स्पष्ट पार्न खोजेको भएपनि दोषी प्रमाणित भएमा कानुनले तोकेको सजाय पाउनु पर्छ, जुनकुनै हालतमा दोषी उम्किनु हुदैन भन्नेमा हामी सबै रहेको जानकारी गरिन्छ। तसर्थ पिडित पक्षलाई कानुनको सहारालिई आवस्यक प्रकृया अगाढी बढाउनपनि अनुरोध गरिन्छ साथै संस्थागत निर्णय भई उक्त विषयमाथी तत्कालिन उपाध्यक्ष, निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष र वर्तमान अध्यक्ष देविलाल भण्डारीले उक्त कार्यमा गलत सावित भए तत्कालिन कार्यसमिति, निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमिति पनि यसको भागीदारहुने जानकारी जानकारी गराईन्छ ।
प्रवक्ताद्वारा जारी विज्ञप्तीको पूर्णपाठ जस्ताको तस्तै

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार