{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1623416861313","source":"other","origin":"unknown"}

ओसाका/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा दिलिप शर्मा चयन भएका छन् ।

शर्मा बिरुद्ध उम्मेदवारी दिएका नर बहादुर थापाले उपसंयोजकमा रहन सहमती जनाएपछि, निवर्तमान कार्यसमितिमा उपसंयोजक रहेका शर्मा सर्वसम्मतिमा संयोजक चयन भएका हुन् ।

आज(जुन ११ तारिख) भएको ८ औँ अधिवेशनले अर्का उपसंयोजकमा डिल्ली प्रसाद सापकोटा,महिला संयोजकमा बिन्दु ढकाल, सचिवमा तेज प्रकाश गुरुङ, कोषाध्यक्षमा डेनिश पुन, सह-सचिबमा बिकास अधिकारी र लक्ष्मण गैह्रे तथा सह-कोषाध्यक्षमा तिलक केसीलाई चयन गरेको छ ।

त्यस्तै,कार्यसमितिको सदस्यहरुमा – सिमला केसी(महिला), संजय कार्की( विद्यार्थी),टि आर गौडेल,शंकर भुषाल,सुरज जिसी र असोक गुरुङ् चयन भएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार