
काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले गत वैशाख १६ देखि जारी निषेधाज्ञापछि जेठ मसान्तसम्मको अवधिसम्म ७३ वटा बलात्कारका घटना बाहिर आएको तथ्याङ्क निकालेको छ । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् ।
तीमध्ये बलात्कारका ७३ घटना रहेको ओरेकले जनाएको छ । बलात्कारका ७३ घटनामा पनि तीनवटा सामूहिक बलात्कार र एक वैवाहिक बलात्कारको घटना रहेको जनाइएको छ ।
ओरेकले आइतबार जारी गरेको तथ्यांकअनुसार बलात्कारबाट पीडित ७३ जनामध्ये २६ जना अर्थात् ३६ प्रतिशत छिमेकीबाट, १४ जना परिवारका सदस्यबाट, १४ जना प्रेमी ठानिएका व्यक्तिबाट एक जना शिक्षकबाट र १८ जना अन्जान व्यक्तिबाट बलात्कृत भएका हुन् ।
७३ पीडितमध्ये ३४ जना १६ वर्षभन्दा कम उमेरका, २६ जना १७ देखि २५ वर्ष उमेर समूहका, ९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २ जना ३६ देखि ४५ वर्ष उमेर समूहका र ५ जना उमेर समूह थाहा नभएका बालिका बलात्कृत भएको ओरेकले जनाएको छ ।
यो अवधिमा विभिन्न हिंसाको सिकार भएका ३७१ महिला तथा बालबालिकामध्ये ५० प्रतिशत अर्थात् १८६ जना महिला आफ्नै श्रीमान र परिवारका सदस्यबाट पीडित भएको ओरेकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, सामाजिक हिंसाबाट ११ प्रतिशत, बलात्कारबाट १९ प्रतिशत, बलात्कारको प्रयासबाट एक प्रतिशत, यौन दुर्व्यवहारबाट ३ प्रतिशत, मानव बेचबिखनबाट २ प्रतिशत, हत्याबाट ५ प्रतिशत, हत्या प्रयासबाट २ प्रतिशत, आत्महत्याबाट १ प्रतिशत र अन्य घटनाबाट ५ प्रतिशत पीडित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




