
चिबा/जपान । गैर आबशिय नेपाली संघ (एनआरएनए) जापानको चिबा क्षेत्रीय कमिटिको दोश्रो अधिबेशन आइतबार चिबाको फुनाबासीमा सम्पन्न भएको छ ।
एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङको प्रमुख आतित्यथामा सम्पन्न भएको उक्त अधिबेशनले मुक्ति रेग्मीको संयोजकत्वमा नया कार्य समिति चयन गरेको छ । नया कार्यसमितिको उप- संयोजकमा सुरज राइ र राजन भट्टराई, सचिबमा शंकर सुबेदी सह-सचिबमा रमेश गिरि, कोषाध्यक्षमा समिर खड्का, सह-कोषाध्यक्षमा प्रकाश थापा सर्बसम्बत चयन भएको निर्वाचन कमिटिका संयोजक रामकृष्णबम मल्लले जानाकारी दिए । त्यसैगरी सदस्यहरुमा खगेन्द्रप्रसाद भट्ट, मोहन कार्की,यामलाल कंडेल र विक्रम गुरूङ रहेका छन् ।
संयोजकमा सर्बसम्बत चयन भएपछि रेग्मीले सबैसंग हातेमालो गर्दै सस्थालाई सक्रिय बनाउने प्रतिबद्दता ब्यक्त गरे । अधिबेशनको अन्त्यसम्म संयोजकमा रेग्मी संगै निबर्तमान उप- संयोजक लक्ष्मी केसी महर्जनले पनि दावी गरेकी थिइन् । निर्वाचन प्रकृयामा भन्दा सर्बसम्मत नेतृत्व चयन गर्दा कार्य सम्पादन गर्न सजिलो हुने भन्दै रेग्मीलाई समर्थन जनाएपछि सर्बसम्बत भएको हो ।
अधिबेशनले सचिब राजन भट्टराइले पेश गरेको संगठनात्मक प्रतिबेदन र कोषाध्यक्ष मुक्ति रेग्मीले पेश गरेको आर्थिक प्रतिबेदन पनि पास गरेको छ । सहसचिब शंकर सुबेदीले संचालन गरेको कार्यक्रममा १ दर्जन भन्दा व्यक्तिहरुले शुभकाना बन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




