{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624840307011","source":"other","origin":"unknown"}

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल (२०२१ -२३) का लागि नबिन न्युरेले वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान कार्यसमितिका युवा उपाध्यक्ष पदमा कृयाशील न्युरेले आफ्नो सामाजिक संजाल मार्फत दावेदारी प्रस्तुत गरेका हुन् ।

यस्तो छ, न्युरेको सामाजिक संजालमा प्रस्तुत, दावेदारी तथा प्रतिवद्दताहरु

स्मार्ट NRNA,संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी
नमस्कार
कोरोना भाइरसको विश्वव्यापी प्रकोप एवं बाडिपहिरोको चपेटामा परेको नेपाल र नेपालीका लागी सहयोग गर्ने हरेक संस्था, सहयोदाता, एनआरएन जापान, जापान सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
नेपालको आर्थिक विकास, सामाजिक परिवर्तनको अभियान र प्रवासमा रहेका नेपालीहरुको हुन समर्पित गैर आवासीय नेपाली संघको हरेक २ बर्षमा हुने अधिबेशन आगामी जुलाई २५ मा जापानमा हुदै छ । एनआरएनए जापानको बृहत्तर सुधारका लागि निर्वाचन संस्थामा दोस्रो पुस्ता, महिला र युवाको संलग्नता, विद्यार्थी केन्द्रित कार्यक्रम, अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा मैल सुधार गर्न सक्ने सम्भावित कार्यक्रमको बारेमा स्पष्ट योजना सहित आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि जापान जस्तो देशमा सभ्य र सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागी भुमिका खेल्नु हामी सवैको दायित्व हो । तसर्थ यहाँहरुको अमूल्य मतको कदर २०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तो कै सचिव, २०१७-२०१९ कान्तो संयोजक र हाल एनआरएनए जापानको युवा उपाध्यक्षमा रहेर कुशलतापूर्वक कार्य गर्दै आइरहेको छु र आगामी दिनमा समेत गर्ने नै छु । एनआरएनए को अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु ।
धन्यबाद
नविन न्यूरे
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार, गैरआवासिय नेपाली संघ जापान (२०२१ २०२३)
स्मार्ट NRNA,संस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेदवारी ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार