{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624930551189","source":"other","origin":"unknown","sources":["292525995000211"]}

टोकियो/जापान । ” मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान ” द्वारा स्वास्थ्य सामाग्री नेपाल पठाइएको छ ।

नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जापान बाट सहयोगको निम्ति नेपाली दुतावास जापानको संरक्षकत्व र एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टकौ सयोजकत्वमा “ मातृभूमिका लागि COVID – 19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान ” को गठन भएको थियो ।

उक्त समितिको यही जुन २१ मा अन्तिम बैठक बसी बिभिन्न निर्णय गर्नुका साथै समितिबाट आह्वान गरीएको सहयोग अभियान पनि बन्द गरेको जानकारी गरिएको जानकारी गराईएको छ । समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बसेको बैठकले समितिको तर्फबाट अपिल गरीएको सहयोग क्रममा प्राप्त रकमको सम्पूर्ण विवरण सहित बिभिन्न स्थान र शीर्षकमा सहयोग गर्ने निर्णय गरेको छ । समितिका सदस्य सचिव जनक विक्रम शाहीका  अनुसार, ५३ लाख ६७ हजार २ सय ११ येन संकलन भएको थियो भने सोही बराबर रकमको सहयोग सामाग्री नेपाल पठाईएको हो ।

त्यस्तै, PediatricICU को निर्माण बिरगंजको नारायणी अस्पतालमा गर्नको लागि आवस्यक समन्वयको जिम्मा एनआरएनए जापानका केन्द्रिय सदस्य सुरेश गिरीलाई दिईएको छ । संयोजक भवन भट्ट अन्तराष्ट्रिय सदस्य रहनु भएको टोकियो सिन्तोसिन रोटरी क्लब बाट प्राप्त एम्बुलेन्स धादिङ्ग जिल्लाको धुनिवेशी नगरपालीकालाई उपलब्ध गराउने र उक्त एम्बुलेन्स राजमार्गमा दुर्घटना भएका स्थानहरुको लागि प्रयोग गरिने छ । यसको निम्ति धादिङ्ग समाज जापानका अध्यक्ष दिनेश लोहनीलाई जिम्मा दिईएको छ । ७ हजार थान Y – commector सबै जिल्ला अस्पताललाई वितरण गरीनेछ । नेपालमा अक्सिजन सिलिन्डरको कमी भएको अवस्थामा उक्त Commecter ले एउटै सिलिन्डर बाट २ ओटा बिरामीलाई अ क्सिजन दिन सकिनेछ र ७ हजार Y – Connector ले ७ हजार थान सिलिन्डर बराबरको काम गर्नेछ । साथै बाँकी रकम एनआरएनए एशीया प्यासिफिकको अक्सिजन प्लान्टमा सहयोग गर्ने समितिले निर्णय गरेको छ । स्वास्थ्य सामाग्रीहरु गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष महेश कुमार श्रेष्ठलाई समितिका संयोजक भवन भट्टले एनआरएनए जापानको कार्यालयमा हस्तान्तरण गर्नु भएको छ ।

उक्त सामग्रीहरुको व्यवस्थापन तथा वितरण एनआरएनए आइसीसीको सचिवालयले गर्नेछ । समिति गठन पश्चात बिभिन्न चरणको अभियानको योजना अनुरुप समितिले यस कोरोनाको महामारीको अवस्थामा मानसिक स्वास्थ्यलाई पनि मध्यनजर गरी एक महिनाको योगा कार्यक्रमपनि सम्पन गरीसकेको छ ।उक्त कार्यक्रमको जिम्मा ओसो सन्यासी सोबिता सिम्खडाले गर्नु भएको थियो । सो, कार्यक्रमको नेपालन्युजपोस्टले प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।

कोरोना महामारीमा सहयोगको निम्ति नेपाल सरकारको अनुरोध अनुसार राजदूतावासको प्रमुख संरक्षकत्वमा , भवन भट्ट संयोजक , महेश श्रेष्ठ ( कोषाध्यक्ष एनआरएनए आइसीसी ) , गोबिन्द श्रेष्ठ रोविन्द ( एशिया प्यासिफिक संयोजक ) , पारसमणि पोटेल ( एशिया प्यासिफिक उप संयोजक ) र देविलाल भण्डारी ( अध्यक्ष एनआरएनए जापान ) र एनआरएनए जापानका महासचिव समितिको सदस्य सचिव साथै समितिको सदस्यमा जापान स्थित एनआरएनए आइसीसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य , एनसीसी जापानका पुर्व अध्यक्ष , पत्रकार महासंघ , बिभिन्न राजनैतिक दलका भातृ संस्था प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहेका थिए ।

समितिले यस अभियानलाई बन्द गर्दै सहयोग गर्ने सम्पूर्ण महानुभाव , संघ संस्था दुतावास लगायत सम्पूर्णलाई यस विषम परिस्थितिमा सहयोगको निम्ति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

सयोगदाताहरुको नाम र रकमको जानकारी यस प्रकार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार