{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625309971006","source":"other"}

सिजुओका/जापान । जापानको सिजुओका केनको आतामी सहरभित्र पर्ने ईजुसान वार्डस्थित पहिरोमा परि २ जना अचेत अवस्तामा अस्पत्ताल भर्ना गरिएको छ भने २० जना भन्दाबढी मानिसहरुको अवस्था अज्ञात रहेको बताईएको छ ।

आज बिहान १० देखि ११ बजेको बिचमा आतामीको ईजुसान वार्डमा पहिरो जाँदा,त्यस क्षेत्रका केहि मानिसहरु हराईरहेका छन् । यद्यपी कति मानिसहरु हराईरहेका छन् यानेकि पहिरोमा परे भन्ने ठ्याक्कै यकिन भने अझै हुन सकेको छैन । बिहानै देखि उद्दारमा खटेको स्थानीय निकाय तथा प्रान्त सरकारले जति सक्दो चाँडो बास्तविक क्षति पत्ता लगाउने बताएको छ ।


हाल, उक्त पहिरोका कारण बगेर आएको ढुंगामाटो पन्छाउने तथा पुरिएका मानिसहरुको खोजि कार्य भईरहेको छ । करिब ३० हजार मानिसहरुलाई प्राभावित बनाएको पहिरोको क्षति अझै बढ्ने आँकलन गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार आईतबार ( भोलि ) पनि वर्षाको सम्भावना रहेकाले अझै सतर्कता अप्नाउन जरुरी छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार