टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकाल ( सन २०२१-२३) का लागि दीपक कार्कीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वर्तमान कार्यसमिति(सन २०१९-२१) मा क्षेत्रीय उपाध्यक्ष रहेका कार्कीले आगामी (२०२१-०२३) कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । कार्कीले नेपालन्युजपोस्टसंग भने-‘यस अघि अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएको भएतापनि,यस पटक वरिष्ठ उपाध्यक्षमा रहि, संस्थाको कार्यकारी पदको भूमिकालाई नजिकबाट नियालेर अर्को पटक मात्रै अध्यक्षमा जाँदा संस्थालाई अझ धेरै लाभ पुर्याउन सकिने ठानेर, यो निर्णय गरेको हुँ।’

एनआरएनए एनसिसी जापानमा सन २००७ मा आबद्ध भएर सामाजिक अभियानमा सक्रिय रहँदै आएका कार्कीले नायोया क्षेत्रको क्षेत्रीय संयोजक हुँदा धेरै सुधारहरुका कामहरु गरेका थिए । क्षेत्रमा नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गर्दै कार्कीले नेपाललाई चिनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्की एनआरएनए बाहेक म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष समेत रहेका छन् ।

विगत १७ वर्षदेखि जापानमा बस्दै आएका कार्की रेस्टुरेन्ट व्यवसायमा संलग्न रहँदै आएका छन् । वरिष्ठ उपाध्यक्षमा कार्की बाहेक अन्य २ जनाले यस अघिनै दावेदारी प्रस्तुत गरिसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार