{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625621061269","source":"other"}

टोकियो/ जापान । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको आगामी कार्यकाल( सन २०२१-२३)का लागि वर्तमान महिला सदस्य अन्जु भण्डारीले उम्मेदवारी घोषणा गरेकि छिन् ।

भण्डारीले हिजो(जुलाई ६ तारिख)सामाजिक संजाल मार्फत सन् २०२१–२०२३ का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकि हुन् ।
उनले,जापानमा रहेका महिलाहरु विभिन्न समस्यामा रहेको आफुले पाएको र एनआरएनए मार्फत महिला संयोजकको हैसियतमा महिला लक्षित विभिन्न सहयोगी कार्यहरु गर्नुपर्ने आवश्यकता र गर्नसक्ने महशुस गरेर आफुले उम्मेदवारी घोषणा गरेको जनाएकी छिन् ।

महिला सदस्यकारुपमा पनि निकै सक्रियताका साथ संस्थागत तथा जापानमा रहेका महिला दिदीबहिनीहरुका विविध समस्या र आवश्यकताहरुलाई सम्बोधनका लागि योगदान गर्दै आएकी भण्डारीले महिला संयोजकको पदमा रहि थप योगदान गर्न चाहेकाले उम्मेदवारी घोषणा बताएकी छिन् ।

भण्डारीले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार