{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625626777059","source":"other"}

टोकियो/जापान।एनआरएनए जापानको आगमी कार्यकाल( सन२०२१-२३) को लागि सचिन श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १७ वर्षदेखि जापानमा रहँदै आएका सचिन,वर्तमान कार्यसमितिको सह- कोषाध्यक्ष पदमा क्रियाशील छन् । सन २००८ देखि एनआरएनए अभियानमा जोडिएका सचिन, बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धताका साथ कोषाध्यक्षका आकांक्षी बनेका छन् । यस्तो छ सचिनको प्रतिवद्धताहरु

सम्पूर्ण जापानबासी नेपालीहरुमा
हार्दिक नमस्कार

म सचिन श्रेष्ठ बिगत १७ बर्ष देखी जापानमा रहि, हाल टोकियोको सिन-ओकुवोमा रेस्टुरेन्ट ब्यवसायमा संलग्न छु ।
२००८ देखी नै NRNA अभियानमा संलग्न भई २०१७-१९ मा केन्द्रिय सदस्य, २०१९-२१ मा सह-कोषाध्यक्षमा रही पूर्ण इमान्दारिकता र सक्रिय रुपमा, नेपाली समाजलाई हरेक समयमा पूर्ण सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ ।
म जहिले पनि कर्ममा बिश्वास गर्दछु । त्यसै अनुरूप “बोल्ने भन्दा पनि काम गरेर” देखाउने कुरामा बिश्वास राख्दछु ।
हाल NRNA जापान ईतिहास कै सबैभन्दा जटिल अवस्थाबाट गुज्रिरहेको छ । यस संस्थामा विगत लामो समय देखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भएकोले म पनि यसका सबै गुण वा अवगुणमा भागिदार हुनै पर्दछ । आर्थिक अनिमियता, संस्थाको कोष दुरुपयोग जस्ता कार्यमा मैले पटक पटक आवाज उठाउदै, हरेक गलत प्रबृत्तिहरुलाई, मैले रोक्ने प्रयास सधै गरेको थिए । भोलिको दिनमा पनि यस्ता सम्पूर्ण खबरदारी मेरो तर्फबाट अनवरत रहनेछ ।

NRNA जापानको केन्द्रीय सदस्य तथा सह-कोषाध्यक्षको अनुभवबाट एक क़दम अगाडी बढ्दै, यो पटक “कोषाध्यक्ष” पदमा उम्मेदवारी दिन गईरहेको छु । नियम, कानुन तथा प्रविधीको अधिकतम प्रयोगका साथ, स्वच्छ र सबै नेपालीको NRNA बनाउने मेरो प्रतिबद्धता सधै नै हो ।

त्यसै अनुरुप, आगामी दिनहरुमा पनि यस संस्थालाई अझ पारदर्शी तथा स्वच्छ NRNA बनाउन म हरदम लागी पर्ने कुरामा दृढ छु ।

सचिन श्रेष्ठ
कोषाध्यक्ष उम्मेदवार २०२१-२३ कार्यकाल

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार