{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625718115440","source":"other"}

टोकियो/ जापान।एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’ ले उम्मेदवारी घोषणा गरेका छन् ।

थापाले संस्थागत विकास ,युवा सहभागिता,आर्थिक पारदर्शिताको प्रतिवद्धता सहित सामाजिक संजाल मार्फत, आगामी कार्यसमिति( सन २०२१-२३) का लागि उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् ।

सन २०१५ बाट एनआरएनए अभियानमा लाग्दै, वर्तमान कार्यसमितिमा युवा संयोजक पदमा क्रियाशील थापाले उपाध्यक्ष पदमा आकाँक्षा राखेका हुन् । उनले, एनआरएनए जापानको शुद्धिकरण तथा
संस्थालाई नेपालको राजनैतिक विचारको प्रत्यक्ष प्रभावबाट मुक्त गरि सुसंस्कृत एवं एकताबद्ध नेपाली समाजको निर्माणका लागि भुमिका खेल्नेमा बताएका छन् ।

एनआरएनए अभियानमा प्रत्यक्षरुपमै लामो समयदेखि क्रियाशील थापाले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार