
टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको नयाँ कार्यकाल ( सन २०२१-२३)को लागि राजु पनेरुले सदस्य पदमा दावेदारी प्रस्तुत गरेका छन् ।
पनेरुले नेपालन्युजपोस्टसंग भने-‘एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिनेछु ।’नेपालमा स्नातक तहसम्म अध्ययन पुरा गरेका पनेरु विगत १ दशकदेखि जापानमा रहँदै आएका छन् । पनेरु जापानमा हाल जापानी कम्पनीमा काम गर्दै सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका छन् । गोरखा समाज जापानको संस्थापक उपाध्यक्षको रुपमा काम गरिसकेका पनेरुले एनआरएनए जापान क्षेत्रीय समिति तोचिगिको स्थापनामा सल्लाहकारको भूमिका निभाएका थिए ।

यसअघि सन् २०१७-२०१९ मा पनि एनआरएनए जापानको सदस्य तर्फ उम्मेदवारी दिएका पनेरु एनआरएनए जापानभित्र देखिएको विकृति , विसंगति र आर्थिक अपचलनका कुराहरूलाई संस्था भित्र रहेर खबरदारी गर्न आफुले उम्मेदवारी दिएको बताउछन् । संस्थालाई व्यक्तिकरण गरिनु हुँदैन , संस्थागत तवरलै विधि र विधान सम्मत चलाईनुपर्छ भन्ने उदघोषका साथ एनआरएनए जापान (सन २०२१-२०२३) कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका राजु पनेरुले जापानवासी नेपालीहरुबाट सकारात्मक सल्लाह , सुझाब र सहयोगको अपेक्षा गर्दै सत्य मन , बचन र कर्मले काम गर्ने प्रतिबद्धता ‘ जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




