
टोकियो/जापान। गैरआवासीय नेपाली संघ( एनआरएनए ) जापानको उपाध्यक्ष पदमा बुद्घिराज घिमिरेले दावेदारी प्रस्तुत गरेका छन् ।
एनआरएनए जापानको निवर्तमान महासचिव बुद्घिराज घिमिरेले एनआरएनए अभियानमा एक दशक बिताएका छन् । उनले जापानको कार्यसमितिमा कांतो कमिटीको सचिव हुदै एनसीसीमा ३ कार्यकाल काम गरेका छन । एनआरएनए जापानका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा साथ, सपोर्टको लागि घिमिरेले यस पटक पनि आग्रह गरेका छन ।

यस्तो छ आफनै भाषामा बुद्धिराज घिमिरेको अपिल
हार्दिक नमस्कार :
म लामो समय देखि NRNA अभियानमा जोडिएर क्षेत्र देखि केन्द्रसम्मका बिभिन्न कार्यकारी पदमा रहदा या नरहदा पनि निरन्तर यो अभियानका सामाजिक गतिविधिहरुमा सक्रिय भूमिका निभाऊदै आइरहेको यहाहरु माझ अवगतनै छ। मैले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि अध्यक्ष पद को औपचारिक उमेदवारी स्वरुप सामाजिक संजालमार्फ़त घोषणा गरेको थिए तर ,जापानवासी दिदी बहिनी तथा दाजुभाई एवं आदरणीय अग्रजहरुको सल्लाह-सुझाव लाई आत्म साथ गर्दै मिल्ने र मिलाउने क्रममा अध्यक्षपदको उम्मेदवारी लाई थाती राख्दै आगामी कार्यकालको लागी उपाध्यक्ष पदमा औपचारिक उम्मेदवारी दर्ता गराएको जानकारी यहाहरु समक्ष गर्दछु।यहि आऊदो जुलाइ ३० तारिक एन.आर.एन.ए.जापानको निर्वाचनमा यहाहरुले मलाई उपाध्यक्ष पदमा आफ्नो अमूल्य मत दिइ बिजय गराइदिनु हुने छ भन्ने पूर्णविश्वासका साथ हार्दिक अनुरोध गर्दछु।
बुद्घि राज घिमिरे
उपाध्यक्ष पदको उमेदवार(पुर्व सचिव कान्तो कमिटी ११/१३,
पुर्व सचिव एनसिसि जापान १५/१७,
निवर्तमान महासचिव एनसिसि जापान १७/१९
गैरआवसिय नेपाली संघ, रासप जापान तथा आईसिसि बिधान ड्राफ्ट समिति सदस्य १९/२१)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




