{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627562174573","source":"other","origin":"gallery"}

टोकियो/जापान । जापानको टोकियोमा अलपत्र परेका एक युवालाई उद्दार गर्ने क्रममा सहयोग गर्ने सहयोगदाताको नाम आर्थिक प्रतिबेदनमा समाबेस नगरिएको भन्दै प्रबक्ता सिद्दार्थ श्रेष्ठले सहयोग रकमका बिषयमा अध्यक्ष मण्डललाइ जानकारी गराएका छन् ।

एनआरएनए जापानको हालै सम्पन्न अधिबेशनमा पेस गरिएको आर्थिक प्रतिबेदनमा ति युवालाई नेपाल पठाउदा लागेको खर्च मात्रै उल्लेख गरेको तर कुन सस्थाले के कति सहयोग गरेको भन्ने उल्लेख नगरिएकाले बिज्ञप्ति मार्फत अध्यक्ष मण्डललाइ जानकारी गराएको प्रबक्ता श्रेष्ठले बताए ।

‘प्रतिबेदनमा छुटेका कुराहरु समाबेश गर्न मैले बैठकमै आग्रह गरेको हु’ श्रेष्ठले भने ‘तर कोषाध्यक्षले प्रतिबेदनमा सहयोग प्राप्त रकम उल्लेख नगरेकाले मैले अध्यक्ष मण्डललाइ जानकारी गराएको हुँ ।’सहयोग मार्फत प्राप्त रकम उल्लेख नगरी खर्च मात्र देखाउदा संस्थाको खाताबाट खर्च गरिएको जस्तो देखिन आउने उनको भनाइ छ ।

केही दिन अघि ओसाकामा आयोजित अधिबेशनको बन्दसत्रमा कोषाध्यक्ष कालिका थापाले आर्थिक प्रतिबेदन पेश गरेकी थिइन । प्रतिबेदन कार्यसमितिमा प्रयाप्त छलफल नगरिकन बन्दसत्रमा पेश गरिएको भन्दै प्रबक्ता श्रेष्ठले प्रतिवाद गर्न थाले पछि हलमा हो हल्ला भएको थियो ।

हलमा होहल्ला बढेपछि , समय अभावका कारण थप छलफल हुन सकेन र आर्थिक  प्रतिबेदनबारे कुनै टंगो नै नलागी अधिवेशन सकिएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार