{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627650945339","source":"other"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको (सन २०२१ -२३ )कार्यसमितिको अध्यक्षमा शिव प्रसाद पौडेल चयन भएका छन् । आज (जुलाई ३० तारिख) भएको निर्वाचनमा उनि विजयी बनेका हुन् । अध्यक्ष पदकालागि ५ जना उम्मेदवारहरु मैदानमा उत्रिएका भएपनि पौडेलले ३ हजार ३८ प्राप्त गर्दै नेतृत्वमा पुग्न सफल भएका हुन् ।

निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नबिन निउरे , उपाध्यक्षहरुमा महेश कुमार कटुवाल,राम थापा अनिल,राजकुमार अधिकारी र राम कृष्ण श्रेष्ठ ,महिला उपाध्यक्षमा संगिता अधिकारी सुवेदी, महासचिवमा सिदार्थ श्रेष्ठ,कोषाध्यक्षमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश रुम्बा, सदस्यहरुमा चन्द्र कुमारी केसी,प्रकाश लामिछाने,राजु भण्डारी सुनिल,लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, भिमसेन राय(भीम रायमाझी) र दिलिप कँडेल चयन भएका छन् ।

यसका अलवा सचिवमा श्याम शितल, देवराज उप्रेति, महिला सचिब एलिजा केसी ,सह कोषाध्यक्ष दीपक सुनार, महिला संयोजक अन्जु भण्डारी भने यस अघिनै निर्विरोध निर्वाचित भईसकेका थिए ।

आईसिसि सदस्यहरुमा श्रवण कुमार सत्याल,रोबिन प्रसाद शेरचन, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानियाँ र दीपक कार्की चयन भएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार