{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627799546749","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो /जापान । जुलाई ३० तारिख सम्पन्न एनआरएन जापानको अनलाईन मतदानबारे असन्तुष्ट उम्मेदवारहरुको मागलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले  छानविन गर्ने निर्णय गरेको छ।

३० तारिख सम्पन्न अनलाईन भोटिङमा पराजित उम्मेदवारहरुले भोटिङमा सेटिङ गराएको आशँका सहित छानबिनका लागि अध्यक्ष मण्डल, निर्वाचन समिति सहित आईसिसिलाई अनुरोध गर्दै जुलाई ३१ तारिख उजुरी दिएका थिए ।

अध्यक्ष मण्डलले आज एक सुचना जारी गर्दै,एनआरएन जापानको संस्थापक अध्यक्ष राजन प्रघानाङ्ग संयोजक रहेको एक छानविन समिति बनाएको व्यहोरा उल्लेख गरिएको छ । यद्यपी प्रधानाङ्गले  यस समितिको संयोजक बन्ने या नबन्ने ? भन्नेबारे कुनै स्विकृति नदिएको जनाएका छन् । नेपालन्युजपोस्ट संगको कुराकानीमा प्रधानाङ्गले  बताए अनुसार यो विषयमा कसरी छानबिन गर्ने ? कसरी संयोजन गर्ने लगायतका कुनै पनि छलफल भएको छैन ।
यद्यपी, सत्य तथ्य छानबीनको लागि समिति बनाएको भनिएता पनि निर्वाचित समितिको सपथ तथा पदभार ग्रहण स्थगन हुने या निर्धारित तालिका अनुसार नै गरिने बारे केहि पनि भनिएको छैन ।

यस्तो छ अध्यक्ष मण्डलद्वारा जारी सुचना

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार